बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्थगित गरिएको रामेछापको पुन्चेटमा मतदान शुरु

आइतबार, ३१ वैशाख २०७४, १० : २४
आइतबार, ३१ वैशाख २०७४

रामेछाप, बैशाख ३१ – रामेछापको दोरम्बा पुन्चेट मतदान केन्द्रमा माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप भएको छ । दुई दलका कार्यकर्ताबीचको झडपका कारण उक्त मतदान केन्द्रमा मतदान स्थगित गरिएको थियो ।

तर, अहिले त्यहाँ पुनः मतदान शुरु भएको छ ।

यस्तै काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ४ मा पनि मतदान हुन सकेको छैन।

मतदान सुरु नहुँदा मतदान केन्द्रमा पुगेका मतदाता अन्यौलमा परेका छन् । सशस्त्र प्रहरीको गोली लागेर हिजो एक जनाको मृत्यु भएकोले त्यहाँ मतदान सुरु हुन सकेको छैन ।

अहिले त्यहाँ राजनीतिक दलहरुबीच सहमतिको प्रयास भइरहेको छ ।

यस्तै काभ्रेको पाँचखालमा अज्ञात समुहले मतदान केन्द्र नजिक राखेको बम प्रहरीले डिस्पोज गरेको छ । विहान ७ बजे नै बम राखेको हल्ला फैलिएपछि मतदाता त्रसित भएका थिए ।

प्रहरीले बम डिस्पोज गरेपछि मतदान सुचारु भएको छ । त्यहाँ अहिले मतदान शान्तिपूर्ण रुपमा भएको स्थानीयले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप