बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रामेछापको कालिकाभगवती मतदानकेन्द्रमा हवाई फायर

आइतबार, ३१ वैशाख २०७४, ११ : ५५
आइतबार, ३१ वैशाख २०७४

काठमाडौँ वैशाख ३१ –नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता बिच झड्प भएपछि साविक टोकरपुर गाविसको पुन्चेतमा मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ ।

पुन्चेतको कालिका भगवती निमावी मतदान केन्द्रमा १६७ मत खसेपछि माओवादी कार्यकर्ताले कांग्रेसको एजेन्टलाई कुटपिट गरेपछि विवाद भएको स्थानीय हेम थापा मगरले जानकारी दिए ।

विवाद झड्पमा परिणत भएपछि प्रहरीले एक राउण्ड हवाई फायर र एक सेल अश्रुग्याँस प्रहार गरेको छ । झड्पमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चार जना पक्राउ गरेपछी पुनः मतदान शुरु भएको स्थानिय हेम थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप