निहीत स्वार्थमा औषधि आपूर्ति रोक्न चलखेलः अध्यक्ष श्रेष्ठ
आइतबार, ३१ वैशाख २०७४, १२ : ०७
काठमाडौ, वैशाख ३१– नेपाल औषधि व्यवसायी संघले निहीत स्वार्थमा केही व्यवसायीले औषधी आपूर्ति रोक्ने चलखेल भएको आरोप लगाएको छ । केही महिनाअघिमात्रै गठन भएको नेपाल औषधी आयातकर्ता संघले औषधी आयात ठप्प बनाउने चेतावनी दिएलगत्तै व्यवसायी संघले कडा आपत्ति जनाएको हो ।
२०३० सालमा स्थापना भएको नेपाल औषधी व्यवसायी संघ देशभरका व्यवसायीहको छाता संगठन हो । जीवन मरणस“ग प्रत्यक्ष सरोकार राख्ने औषधी जस्तो अति संवेदनशील एवं अत्यावश्यकीय वस्तुको आयात नै ठप्प बनाउने चेतावनी मानवीय मूल्य मान्यताविपरीत रहेको संघको भनाइ छ ।
‘यसरी आम उपभोक्ताहरुको स्वास्थ्यस“ग सम्बन्धित अत्यावश्कीय वस्तु औषधीमा नेपाल औषधी व्यवसायी संघको नीति विपरीत भ्रमपूर्ण समाचार आउनुलाई संघले गैर जिम्मेवारीपूर्ण कार्यको रुपमा लिएको छ,’ संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ । संघको निजी पहलमा भूकम्प र नाकाबन्दीमा पनि औषधी अभाव भएको थिएन ।
संघको विधानको मर्म र भावना विपरीत कार्य गरेका केही असन्तुष्ट समूहले आफ्नो निहीत स्वार्थको लागि मनोमानी ढंगले औषधीको सरल आपूर्तिलाई असर पर्ने गरी प्रचारबाजी गरेको भन्दै ती व्यवसायीलाई कारबाही गर्ने विज्ञप्तीमा चेतावनी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण