पहिलो चरणको स्थानीय तह चुनाव ः व्यवसायीमा उत्साह, व्यापारिक क्षेत्र सुनसान
आइतबार, ३१ वैशाख २०७४, १२ : ४१
काठमाडौं, वैशाख ३१–दुई दशकपछि आइतबार भैरहेको पहिलो चरणको स्थानिय निकायको निर्वाचनका कारण राजधानीका अधिकाशं व्यापारिक क्षेत्र पनि सुनसान देखिएका छन् । निर्वाचनका कारण व्यवसायीमा निक्कै उत्साह देखिएको छ भने राजधानीका न्युरोड, असन, इन्द्रचोक, सुनधारा लगायत बावेश्वर, कोटेश्वर, चावहिल क्षेत्रमा रहेका ठूला साना व्यवपारिक केन्द्र र पसलहरु वन्द भएका छन् ।
सधैजसो खचाखच भिड र किनमेलका लागि व्यस्त रहने राजधानीका व्यपारिक स्थानमा सन्नाटानै छाएको छ । व्यवसायीहरु पनि आफ्नो पसल तथा व्यापार व्यवसायलाई एक दिन विसाएर स्थानिय निकायको निर्वाचनमा उत्साहजनक रुपमा सहभागि भइरहेको देखिएको छ । लामो समयपछि स्थानिय निकायको चुनाव भएकाले पनि राजधानीबासी व्यवसायी तथा वाहिरका व्यवसायी पनि मतदानमा सहभागि हुन आफ्नो व्यापार, व्यवसाय वन्द गरेका हुन् । धेरैजसो व्यवपारिक केन्द्रहरु २ दिन अघि वाटै बन्द भइसकेका थिए ।
अनुमति ( पास ) विना सवारी साधान चलाउन नपाउने भएकाले पनि केही व्यवसायीले आफ्नो व्यवसाय वन्द गर्नुपरेको वताएका छन् । तर, समग्रमा भने स्थानिय निकायको निर्वाचनमा सवै क्षेत्रको उत्तिकै चासो देखिएको छ । निर्वाचनमा सहभागिता जनाउन पनि आफुहरुले आफ्नो व्यापार व्यवसायलाई बन्द गरेको उनीहरुको भनाइ छ ।
राजधानीको प्रमुख व्यापारिक क्षेत्र न्युरोड आज सुनसान देखिएको छ । न्युरोडका लत्ता कपडा, गहना, इलेक्ट्रोनिक्स लगायतका साना ठूला सवै पसल वन्द छन् । यस्तै, सधैजसो भिडभाड देखिने असन, इन्द्रचोक तथा सुनधारका सिभिल मल, सिटी मल, काठमााडौं मल जस्ता ठूला किनमेल केन्द्र पनि सुनसान छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण