बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मत हाल्न नपाएको गुनासो : ‘मतदाता परिचयपत्र छैन भने मतदान गर्न गाह्रो छ’ : निर्वाचन अधिकृत

आइतबार, ३१ वैशाख २०७४, १२ : ५७
आइतबार, ३१ वैशाख २०७४

काठमाडौ वैशाख ३१–मतदाता परिचयपत्र नभएपनि मतदाता नामावलीमा नाम भएकाहरुले चुनावमा मतदान गर्न पाउने प्रावधानले गर्दा थुप्रै मतदातामा अन्योल देखिएको छ ।

यसअघिका चुनावहरुमा मत खासाइ सकेका मतदाताहरु नागरिकताको प्रमाणपत्र लिएर मतदान केन्द्र पुगेका थिए तर धेरैजना मतै नखसाली फर्केको छ ।

पुरानो वानेश्वरका रमेश नापित विजय स्मारक मावि मतदान केन्द्रमा गएपनि उनी मतदान गर्न पाएन । मतदान गर्न नपाएको दुखेसो पोख्दै नापितले भने, मतदाता परिचयपत्र नभएपनि मतदान गर्न पाइन्छ भनि आयोगले भनेको सुनेर मत खसाल्न आएको तर यहाँ आउँदा मतदाता नामावलीमा नाम नै छैन ।’

दुईटै सविधानसभा चुनावमा मत खासालेको नापितले मतदाता नामावलीमा नाम लेख्ने टोली आफ्नो घरसम्म नै आएको तर अहिले देख्दा नाम नै नरहेको बताउँदै उनले आफू मात्र होइन, आफ्ना परिवारका चारजनाले मत खसाल्न नपाएको गुनासो गरे ।

यो गुनासो सृजना थापा तण्डुकारको रहेको छ । उनी र उनका श्रीमान तथा छोरीले पनि यसैगरि मत खसाल्नबाट बन्चित भएकी छिन् ।

मतदाता नामावलीमा नाम होला भनी छोरीसहित नागरिकता बोकेर मतदान केन्द्र आउँदा त नाम नै फेला परेपछि मत नहालिकन घर फर्किन लागेका बताए । डिल्लीबजार मतदान केन्द्रमा भेटिएका उनी नागरिकताबाट पनि मत खासाल्न पाइन्छ भनेर नै यहाँ आएको तर आफ्नो नाम नै त्यसमा नरहेको गुनासो गरिन् ।

‘पहिलो सविधानसभामा मत हालेको तर अहिले आउँदा आउँदै मतदाता नामावलीबाट कसरी नाम हट्छ,’ उनले भने, ‘मेरी छोरीले दुई वर्षअघि नै नागरिकता बनाएको, मतदाता नामावलीमा नाम पनि लेखाएको तर अहिले उनको पनि नाम भेटिरहेका छैन ।’

२० वर्षपछि हुन लागेको चुनाव गर्न रहर रहको तर मतदान गर्न नपाएकोमा दुख लागेको तण्डुकारले बताइन् ।

वानेश्वर रत्नराज्य उच्च मावि मतदान केन्द्रका मतदान अधिकृत सुभाष ढकालले भने, ‘मतदाता नामावलीमा नाम छ तर मतदाता परिचयपत्र छैन भने मतदान गर्न गाह्रो छ, त्यसको बारेमा छानविन नगरिकन मत हाल्न दिइने छैन ।

मतदाता परिचयपत्र हुनेलाई सबै चेक गरेपछि मात्र मतदान गर्न दिइएको र परिचयपत्र नहुनेलाई त गाह्रो छ तर मिलाउने प्रयास भइरहेको बताए । उनले भने, ‘मतदाता नामावलीमा नाम नहुनेले कुनै पनि हालतमा मतहाल्न पाउँदैन ।’

त्यस्तै, डिल्लीबजार स्थित विजय स्मारक मतदान केन्द्रमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले मतदाता परिचय पत्र नभएका र सरकारी कागजात मात्र बोकेका मतदाताहरुलाई २ बजेपछि मात्र आउन भन्दै फर्काएको छ ।

निर्वाचन आयोगले स्पष्ट रुपमा मतदाता परिचय पत्रमा त्रुटि देखिएको भन्दै कुनै पनि सरकारी कागजात ल्याए मतदान गर्न पाउने व्यवस्था मिलाइएको बताएको थियो ।ि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप