बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्वाचनले सिंहदरबारको अधिकार गाउँमा स्थापित गराउँछ : पौडेल

आइतबार, ३१ वैशाख २०७४, १० : २३
आइतबार, ३१ वैशाख २०७४

दमौली, ३१ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनले संविधान कार्यान्वयनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

स्थानीय तहको निर्वाचनका क्रममा आज दमौलीस्थित सत्यवती मावि केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दैै वरिष्ठ नेता पौडेलले स्थानीय तहको निर्वाचनले स्थानीय सरकारमार्फत काम गर्ने हुँदा सिंहदरबारको अधिकार गाउँ गाउँमा स्थापित हुन्छ भने । दोस्रो चरणको निर्वाचनलाई समेत समयमै गराउन यो चुनावले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

बीस वर्षपछि भएको ऐतिहासिक स्थानीय तहको चुनावमा जनताले निकै उत्साहित भई मतदान गरेकाले लोकतन्त्रको रक्षाका लागि चुनाव अपरिहार्य रहेको सन्देश दिएको पौडेलले बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप