मत हाल्न नपाउँदा सयौँ राष्ट्रसेवक दुःखी
गौशाला, ३१ वैशाख । जागिरका सिलसिलामा आफ्नो गाउँ ठाउँबाट टाढा महोत्तरी जिल्लामा बस्दै आएका सयौँ राष्ट्रसेवक कर्मचारी प्रदेश नं ३, ४ र ६ मा आज भइरहेको स्थानीय तहको निर्वाचनमा मत दिन नपाउँदा दुःखी भएका छन् ।
नेपाल सरकारले आजको दिन राष्ट्रव्यापी रुपमा सार्वजनिक बिदाको व्यवस्था नमिलाउँदा प्रदेश नं ३,४ र ६ का सयौंँ सरकारी कर्मचारी आफ्नो मतदान केन्द्रमा जान पाएनन् । स्वास्थ्य, शिक्षा, स्थानीय निकायसहित महोत्तरीका करिब चार दर्जन सरकारी कार्यालयमा कार्यरत सयौँं कर्मचारीले आफूहरुले बिदा नपाउँदा घर जान नपाएको र कार्यालयको कामकाज ठप्प पार्न नसकिने अवस्था रहेकाले २० वर्षपछि भएको ऐतिहासिक स्थानीय निर्वाचनमा भाग लिन नपाएकामा उनीहरुले दुःख व्यक्त गरेका छन् ।
यसका अतिरिक्त विभिन्न गैरसरकारी संस्था, निजी संस्था, कारखाना र अन्य रोजगारीका सिलसिलामा रहेकाहरु तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाका सुरक्षाकर्मीले पनि मतदान गर्न पाएनन् ।
प्रदेश नं ३, ४ र ६ का विभिन्न जिल्ला र गाउँपालिकाबाट महोत्तरीमा रोजगारीको सिलसिलामा बस्दै आएका सयौँ कर्मचारीले आजका दिन सरकारले देशभरि नै सार्वजनिक बिदा गरेको भए आफूहरु पनि सहजै आआफ्नो घर गएर स्थानीय तहको निर्वाचनमा भोट खसाल्न पाइने थियो भन्दै गुनासो गरेका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण