बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लाङटाङ मतदान केन्द्र सम्पर्कमा, उपल्लो दुई मतदान केन्द्र सम्पर्कविहीन

आइतबार, ३१ वैशाख २०७४, ०८ : ५५
आइतबार, ३१ वैशाख २०७४

रसुवा, ३१ वैशाख । जिल्लामा हालसम्म ७५ प्रतिशत मतदान भएको छ ।

दुईदिनदेखि सञ्चारमा आएको गडबडीले सम्पर्कविहीन भएको लाङटाङको मुन्डु मतदान केन्द्र भर्खरै सम्पर्कमा आएको र त्यहाँ ७७ प्र्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीले जानकारी दिनुभयो । मौसमले साथ दिएमा मतदान सकिएपछि मुन्ड मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमा सदरमुकाम धुन्चे ल्याइने बताइएको छ ।

यहाँ कुल ३४ मतदानस्थलमा ४२ मतदान केन्द्र छन् । जिल्लाका पाँच गाउँपालिकामा २७ हजार आठ सय ५४ मतदाता छन् । यहाँ शान्तिसुरक्षाको अवस्था मजबुत रहेको र उत्साहपूर्वक मतदान भइरहेको उप्रेतीले बताए । उपल्लो दुई मतदान केन्द्र सम्पर्कविहीन

उपल्लो डोल्पाका दुई मतदान केन्द्र अहिलेसम्म सम्पर्कमा आउन सकेको छैन ।

छार्काताङसोङ गाउँपालिकास्थित धेराङ र कागकोट मतदान केन्द्रमा सञ्चार समस्याका कारण अहिलेसम्म फोन सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । उक्त स्थानबाहेक उपल्लो अन्य मतदान केन्द्रमा धमाधम मतदान भइरहेको कार्यलयले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप