यस्तो छ, नुवाकोटमा २५ वडाको नतिजा
मङ्गलबार, ०२ जेठ २०७४, २१ : २१
नुवाकोट, जेठ २ –जारी रहेको स्थानीयतहको निर्वाचनको मतगणनामा नुवाकोटमा २५ वडाको परिणाम सार्वजनिक भएको छ । नुवाकोटमा कायम रहेका ८८ वडामध्ये २५ वडामा नयाँ नेतृत्व चयन भएको छ । अन्तिम नतिजाअनुसार नेपाली काँग्रेस १३ वडा, नेकपा (एमाले) ले सात वडा र नेकपा माओवादी केन्द्र पाँच वडामा विजयी भएको छ ।
नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा विदुर नगरपालिका–२ मा वीरेन्द्रकुमार शाही, ३ मा बद्रीप्रसाद रिमाल, तार्केश्वर–६ मा ज्ञानेन्द्र तामाङ, शिवपुरी–१ मा महेन्द्रराज खत्री, शिवपुरी–२ मा इन्द्रबहादुर गुरुङ, तादी–१ बाट नकुर दोङ तामाङ, दुप्चेश्वरी–१ मा सुनबहादुर तामाङ, किस्पाङ–२ मा देवनाथ भट्ट, मेघाङ–२ मा रुपबहादुर श्रेष्ठ र दुप्चेश्वर गाँउपालिका–३ मा धुव्रकुमार केसीको प्यानल नै विजयी भएको छ ।
यस्तै, शिवपुरी गाँउपालिका–३ मा रामहरि थापाको प्यानल नै विजयी भएको छ । शिवपुरी–४ सिक्रेमा वडाध्यक्षमा झमक गुरुङसहित काँग्रेसबाट तीन सदस्य विजयी भएका छन् ।
यस्तै, नेकपा (एमाले) का तर्फबाट उम्मेदवार रहेका मेघाङ–१ मा दलसिंह तामाङ, बेलकोटगढी नगरपालिका–१ मा सुब्बा तामाङ, बेलकोटगढी–२ मा रमेशकुमार न्यौपाने, विदुर नगरपालिका–१ मा लेनिन रञ्जित, ककनी गाँउपालिका–१ मा चन्द्रबहादुर श्रेष्ठ, तार्केश्वर–५ मा चुडामणिप्रसाद गजुरेल र किस्पाङ गाँउपालिका–४ मा एकराज घले विजयी हुनुभएको छ । यस्तै, लिखु गाँउपालिका–२ मा भीमबहादुर घलेको प्यानल नै विजयी भएका छन् ।
यस्तै, नेकपा माओवादी केन्द्रका तर्फमा किस्पाङ–१ मा आइतबहादुर घले, तादी–२ मा बच्चुराम तामाङ, सूर्यगढी–१ मा इमानसिंह तामाङ, पञ्चकन्या–१ मा मणिनाथ लामिछाने र दुप्चेश्वर–२ मा दावा तामाङ विजयी हुनुभएको छ । नुवाकोटमा १२ स्थानीतयहमा ८८ वटा वडा रहेका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
-
रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ
-
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
-
रुसद्वारा युक्रेनमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार, कम्तीमा आठ जनाको मृत्यु
-
इराकमा भएको इरानी आक्रमणमा एक अमेरिकी सैनिकको मृत्यु
-
अमेरिकी उपराष्ट्रपति भान्सलाई पुत्रलाभ, बने चौथो सन्तानको पिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण