अमेरिकी उपराष्ट्रपति भान्सलाई पुत्रलाभ, बने चौथो सन्तानको पिता
सारांश
- अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी पत्नी उशा भान्सलाई आइतबार बिहान पुत्रलाभ भएको छ।
- नवजात शिशुको नाम एलेक निल भान्स राखिएको छ र आमाबाबु दुवै स्वस्थ छन्।
- यो घटना १५० वर्षभन्दा बढी समयपछि बहालवाला अमेरिकी उपराष्ट्रपतिको पदावधिका क्रममा भएको पहिलो सन्तान जन्म हो।
वासिङ्टन डिसी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी पत्नी उशा भान्स चौथो सन्तानका रूपमा पुत्रलाभ हासिल गरेका छन्। उपराष्टपति भान्सले सामाजिक सञ्जालमार्फत आइतबार बिहान छोरा एलेक निल भान्सको जन्म भएको जानकारी दिएका हुन्।
भान्सले भने, ‘उशा र शिशु दुवै खुसी र स्वस्थ छन्, अनि हाम्रा बालबालिकाहरू आफ्ना साना भाइसँग भेट्न पाउँदा निकै उत्साहित छन्।’ उनले वाल्टर रिड मेडिकल सेन्टरका सैन्य चिकित्सक तथा कर्मचारीहरूलाई उनीहरूको हेरचाहका लागि धन्यवाद पनि दिएका छन्।
एसोसिएटेड प्रेसका अनुसार १५० वर्षभन्दा बढी समयपछि कुनै बहालवाला उपराष्ट्रपतिको पदावधिका क्रममा सन्तानको जन्म भएको यो पहिलो पटक हो। यो दम्पतीका यसअघि नौ वर्षका इवान, छ वर्षका विवेक र चार वर्षकी मिराबेल गरी तीन सन्तान छन्।
उशा भान्स (चिलुकुरी) को जन्म र हुर्काइ क्यालिफोर्नियाको सन डिएगोस्थित मध्यमवर्गीय उपनगरमा भएको हो। भारतको आन्ध्र प्रदेशबाट अमेरिका बसाइँ सरेका मेकानिकल इन्जिनियर बुबा र मोलिक्युलर बायोलोजिस्ट आमाको कोखबाट उनको जन्म भएको हो। सन् २०१० मा याले ल स्कूलमा अध्ययनरत छँदा जेडी भान्ससँग उनको भेट भएको थियो।
उपराष्ट्रपति जेडी भान्स ट्रम्प प्रशासनमा अमेरिकामा जन्मदर बढाउनुपर्ने वकालत गर्ने प्रमुख नेताहरूमध्ये एक हुन्। उनले भर्खरै प्रकाशित आफ्नो पुस्तकमा उशा सुरुमा अर्को सन्तान जन्माउन अनिच्छुक रहेको तर गत वर्ष रूढिवादी प्रभावशाली व्यक्ति चार्ली कर्कको हत्यापछि उनको विचार परिवर्तन भएको उल्लेख गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण