आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

‘ट्रम्पले एफबीआईलाई फ्लिनको अनुसन्धान रोक्नका लागि आदेश दिए’

बुधबार, ०३ जेठ २०७४, ०९ : ५२
बुधबार, ०३ जेठ २०७४

बीबीसी

जेठ ३ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रमपले यो वर्षको फेब्रुअरीमा तत्कालीन एफबीआई प्रमुख जेम्स कोमीलाई रुस र उनका पूर्व सुरक्षा सल्लाहकार माइकल फ्लिन बीचको सम्बन्धको अनुसन्धान तत्काल रोक्न आदेश दिएको अमेरिकी मिडियाले बताएका छन् ।

मिडिया रिपोर्टमा एफबीआईका पूर्व निर्देशकका एक मेमोलाई हवाला दिइएको छ जसअनुसार ट्रम्पले जेम्स कोमीलाई भनेका थिए, ‘मलाई आशा छ कि तपाईं यो मुद्दालाई छोडिदिनुहुनेछ ।’

अमेरिकी मिडिया अनुसार मेमो ट्रम्प र कोमीको बैठकलगत्तै लेखिएको थियो । त्यसको एक दिन पहिले मात्र माइकल फ्लिनले त्यागपत्र दिएका थिए ।

ट्रम्पको चुनावी प्रचारः

ह्वाइट हाउसले बयान जारी गरेर यी रिपोर्टलाई खारेज गरेको छ । बयानमा भनिएको छ, ‘राष्ट्रपतिले जनरल फ्लिनलाई देशको सेवा र रक्षामा लागिपर्ने उनी राम्रा मान्छे हुन् भनी पटक–पटक दोहोराइरहेका थिए । तर राष्ट्रपतिले न त जेम्स कोमीलाई न नै अन्य कसैलाई जेम्स फिल्न विरुद्ध अनुसन्धान रोक्न भनेका थिए ।’

ट्रम्पले पछिल्लो हप्ता कोमीलाई पदबाट हटाएका थिए ।

राष्ट्रपति ट्रम्पले कोमीलाई उनले प्रभावकारी तरिकाले एफबीआईको नेतृत्व गरिरहेका छैनन् भनी एक पत्र लेखेका थिए । कोमी अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पको चुनाव प्रचारका बेला रुससँग कथित सम्बन्धको अनुसन्धानको नेतृत्व गरिरहेका थिए ।

फ्लिनले फेब्रुअरीमा त्यागपत्र दिएका थिए । ट्रम्पले सत्ता सम्हालुभन्दा पहिले उप–राष्ट्रपतिलाई रुसी राजदूतसँग आफ्नो भेटघाट बारे जानकारी नदिएको भनी उनीमाथि आरोप लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप