आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

मध्यपुर थिमि वडा नं २ मा काँग्रेस विजयी

बुधबार, ०३ जेठ २०७४, १० : ०७
बुधबार, ०३ जेठ २०७४
भक्तपुर - मध्यपुरथिमि नगरपालिका वडा नं २ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार राम थापामगरको टोली विजयी भएको छ । थापामगरले ८३२ मत ल्याई अध्यक्षमा विजयी भए भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हेमराज गौतमले ६७० मत ल्याएका थिए । त्यसैगरी, महिला सदस्यमा एमालेका उम्मेदवार सकुन्तला श्रेष्ठ विजयी भएका छन् भने दलित महिला सदस्यतर्फ एमाले कै अम्बिका रजक निर्विरोध भए । सदस्यमा नेपाली काँग्रेसका प्रल्हाद कार्की र विदुर भट्टराई विजयी भएका छन् । यसअघि मध्यपुरथिमि नगरपालिका–१ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार सुरज खड्कासहितको प्यानल विजयी भएको थियो भने महिला सदस्यमा विजयालक्ष्मी द्धारे, दलित महिला सदस्यमा नानी विश्वकर्मा, खुल्ला सदस्यमा रत्न कुमाल र अर्का सदस्यमा सूर्यमान मुस्याङ विजयी भएका थिए । यता मध्यपुरथिमि नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अष्टकुमार कवेँको प्यानल, सूर्यविनायक नगरपालिकामा एमालेका उम्मेदवार वासुदेव थापाको प्यानल र भक्तपुर नगरपालिकामा नेमकिपाका सुनिल प्रजापतिको प्यानल अग्रस्थानमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप