आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

मेक्स नेपालका प्रमुख कार्यकारी अधिकृत सेफको उपाध्यक्ष नियुक्त

बुधबार, ०३ जेठ २०७४, १० : ५४
बुधबार, ०३ जेठ २०७४
काठमाडौं, जेठ ३–भारतको बम्बई स्टक एक्सचेञ्ज (बिएसई) मा बसेको साउथ एसियन फेडेरेशन अफ एक्सचेञ्जेज (सेफ) को तेहौँ साधारण सभाले २०१६–०१७ कालागि नयाँ कार्यकारी बोर्ड गठन गरेको छ । सो वोर्डमा नेपालबाट सेफको उपाध्यक्षमा मेक्स नेपालका प्रमुख कार्यकारी अधिकृत जितेस सुरेन्द्रन नियुक्त भएका छन् । सुरेन्द्रन पछिल्लो कार्यकारी बोर्डमा सदस्य थिए । आफ्नो पछिल्लो कार्यकालमा उनले देखाएको कार्यदक्षता र प्रतिवद्धताको फल स्वरुप नयाँ कार्यकारी बोर्डको उपाध्यक्षमा नियुक्त भएका हुन् । बिएसईका प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत आशीष कुमार चौहान अध्यक्षमा नियुक्त भएका छन् । त्यसैगरि, कोलम्बो स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत राजिभ बन्दरानाईके र ढाका स्टक एक्सचेञ्जका प्रवन्ध निर्देशक केएएम मजेदुर रहमान वरिष्ठ उपाध्यक्षमा नियुक्त भएका छन् । अन्य आठ जना सदस्य पनि नियुक्त भएका छन् । सेफ दक्षिण एसियाको धितोपत्र तथा पूँजीबजार सँग सम्बन्धित २८ संघ–संस्थाको छाता संगठन हो । नेपालबाट मेक्स नेपाल र नेप्सेले यसकोे सदस्यता लिएका छन् । सेफले दक्षिण एशियाली राष्ट्रहरु नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भूटान, माल्दिभ्स, श्रीलंका लगायत मोरिसियस् र यूएइमा पूँजी तथा धितोपत्र बजारको विकास र प्रर्वधनको लागि कार्य गर्दै आईरहेको छ । सेफले आफ्ना सदस्य लगायत अन्य पूंजीबजारसँग सम्बन्धित संस्थाका लागि सल्लाह, परामर्र्श तथा अन्य सुविधा प्रदान गर्दै आईरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप