आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

रघुगङ्गा–२ को अध्यक्षमा माओवादीका कटुवाल विजयी

बुधबार, ०३ जेठ २०७४, ११ : १६
बुधबार, ०३ जेठ २०७४

म्याग्दी, ३ जेठ । रघुगङ्गा गाउँपालिका–२ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका रिम कटुवाल भारी मतले विजयी भएका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त प्यानलबाट वडा अध्यक्षको उम्मेदवार बनेका कटुवालले ९९४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नरसिंहबहादुर खत्रीले जम्मा ४४३ मत ल्याएका छन् ।

रघुगङ्गा–२ वडामा अध्यक्षसहित एमाले–माओवादीको प्यानल नै विजयी भएको छ । सो प्यानलबाट खुला सदस्यमा देवेन्द्र केसीले ९७६, रवीन भण्डारीले ८१६, महिला सदस्यमा गोरी भण्डारीले ८७५ र दलित महिला सदस्यमा रसिला परियारले ७५६ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यता गाउँपालिका प्रमुखको मतगणनामा काँग्रेसका उम्मेदवार भवबहादुर भण्डारीले नै अग्रता लिएका छन्। गाउँपालिका प्रमुखमा भण्डारीले वडा नम्बर २ मा ८१७ मत ल्याउनुभएको छ भने एमालेका खिमबहादुर शाहीले ६५९ मत ल्याएका छन् ।

त्यस्तै, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका हरि भण्डारीले अग्रता हासिल गरेका छन्। भण्डारीले ९९९ मत प्राप्त गर्दा नेपाली काँग्रेसकी कमला तिलिजाले ३९९ मत प्राप्त गरेका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप