आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

चन्द्रागिरि नगरपालिकामा काँग्रेसको अग्रता

बुधबार, ०३ जेठ २०७४, ११ : २०
बुधबार, ०३ जेठ २०७४

काठमाडौँ, ३ जेठ । चन्द्रागिरि नगरपालिका प्रमुखको मतगणनामा हालसम्म नेपाली काँग्रेसका घनश्याम गिरीले चार हजार ८५२ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रल्हाद कार्कीले दुई हजार ३७८ मत प्राप्त गरेका छन् । हालसम्म उपप्रमुखमा काँग्रेसका इन्द्रावती श्रेष्ठले तीन हजार ७१८, एमालेका लीसा नकर्मीले दुई हजार ९२२ मत प्राप्त गरेको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए ।

कुल ३८ हजार ८७२ मतदाता रहेको सो नगरपालिकामा ३१ हजार ९२० मत खसेको थियो । नगरपालिकामा १५ वडा रहेकामा अहिले ४ र ५ वडाको मतगणना सम्पन्न भइसकेको छ ।

यसैबीच, वडा नं ४ मा काँग्रेस समूह विजयी भएको छ । विजयी वडाध्यक्षमा कृष्णप्रसाद खड्गी तथा सदस्यमा कृष्णकुमारी गोपाली, रविना रोक्का, पृथ्वीबहादुर लामा र मन्जयप्रकाश श्रेष्ठ छन् ।

वडा नं ५ मा एमालेको समूह विजयी भएको छ । विजयी वडाध्यक्षमा कान्छाभाइ महर्जन, तथा सदस्यमा तुलसी महर्जन, झम्फे नेपाली, सुशीला राना मगर र तेजिला थापा छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप