ट्रम्पको यो घोषणाले संसारभरीका ५० इस्लामिक देश दंग
एजेन्सी
जेठ ३ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो पहिलो विदेश भ्रमणको रुपमा साउदी अरबको रियादको यात्रा गर्ने घोषणा गरेर संसारभरीका इस्लामिक देशलाई दंग पारिदिएका छन् । रोचक कुरा के छ भने रियादमा ट्रम्प संसारभरीका ५० भन्दा धेरै इस्लामिक देशको नेतालाई सम्बोधन गर्नेछन् ।
ह्वाइट हाउसले दिएको जानकारी अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प रियादमा इस्लाममाथि भाषण दिने कार्यक्रम छ । त्यसपछि उनी साउदीबाट इजराइल र भ्याटिकन सिटीको भ्रमणका लागि निस्कनेछन् । अमेरिकी राष्ट्रपति चुनाव प्रचार प्रसारको समयदेखि नै मुसलमान विरुद्ध कटुवाक्य बोल्ने ट्रम्पको यो घोषणाले पूरा इस्लाम जगत् हैरानमा छ । ट्रम्पले चुनावको क्रममा मुसलमानविरुद्ध बयानबाजी मात्र नगरी राष्ट्रपति बनेपछि आफ्नो चुनावी बयान लागू गर्नका लागि कडा कदम पनि उठाए ।
आतंकवादसँग लड्नका लागि शान्ति ‘भिजन’:
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर म्याकमास्टरको भनाई अनुसार रियादमा ट्रम्प आतंकवाद, कट्टरपन्थ र हिंसासँग लड्नका लागि इस्लामको शान्ति ‘भिजन’ पेश गर्नेछन् । उनले भने, ‘अमेरिकालाई आशा छ कि यो क्रममा आतंकवाद र कट्टरपन्थसँग लड्नका लागि कुनै ठोस् रुपरेखा पनि तयार गरिन सकिन्छ । ट्रम्पले यी मुश्लिम देशलाई इस्लाममाथि उपदेश मात्र नदिई उनीहरुसँगै बसेर कुराकानी पनि गर्नेछन् ।’ ट्रम्प रियादमा ५० भन्दा धेरै देशका नेतासँग भेटघाट गर्नेछन् र उनीहरुसँग खाना पनि खाने ह्वाइट हाउसले बताएको छ ।
सात देशमाथि लगाइएको थियो प्रतिबन्धः
अमेरिकी राष्ट्रपति बनेलगत्रै डोनल्ड ट्रम्पले सिरिया, सूडान, इरान, सोमालिया, यमन र लिबियाका नागरिकमाथि अमेरिका प्रतिबन्धमा रोक लगाएका थिए । साथै, अमेरिकामा लामो समयदेखि बसिरहेका मुस्लिममाथि पनि निगरानी सुरु गरिदिए ।
ट्रम्पको स्वागतका लागि तयार छ साउदीः
साउदी अरबमा अमेरिकी राष्ट्रपतिको रियाद भ्रमणका लागि तयारी गरिँदै छ । ट्रम्पको यात्राको जानकारीको विषयमा साउदीले चार भाषामा वेबसाइट सार्वजनिक गरेको छ । ट्रम्पले शनिबार साउदी अरबका राजा सलमान बिन अब्दुल अजिजसँग भेटघाट गर्नेछन् । त्यसपछि मध्यपूर्व, अफ्रिका र एशियाबाट आएका इस्लामिक नेताको सम्मेलनमा भाग लिनेछन् । साउदी अमेरिकाका ठूलो सहयोगी मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा सवारी आवागमन बन्द
-
यी पाँच प्रमुख पक्षले तय गर्नेछ विश्वकप २०२६ फाइनलको नतिजा
-
भारी वर्षाका कारण माइतघीर जलमग्न (तस्बिरहरु)
-
वीपी स्मृति दिवस मनाउन प्रकाशमान सिंहको संयोजकत्वमा समिति
-
महँगी र कालाबजारी नियन्त्रण गर्न देउवा समूहले गरायो सरकारको ध्यानाकर्षण
-
वर्षौँदेखि अलपत्र बुटवल–बेथरी सडक, ठेक्का तोड्ने कि अन्तिम मौका दिने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण