बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

जनप्रतिनिधिलाई प्रशिक्षण

शनिबार, २७ जेठ २०७४, १२ : ४९
शनिबार, २७ जेठ २०७४

रत्ननगर (चितवन), २७ जेठ । भरतपुर महानगरपालिका २९ का वडाध्यक्षसहितका जनप्रतिनिधिलाई मानव बेचबिखन विरुद्ध स्थानीय तहको काम, कर्तव्य र अधिकारको विषयमा प्रशिक्षण दिइएको छ ।

माइती नेपाल चितवनले शुक्रबार भरतपुरको कविलासमा उनीहरुलाई प्रशिक्षण दिएको हो ।

स्थानीय क्षेत्रका हरेक समस्या समाधानमा उनीहरुको भूमिका महत्वपूर्ण हुने भएकाले वैदेशिक रोजगार, मानव बेचबिखन र बालअधिकारको विषयमा अभिमुखीकरण गरिएको माइती नेपालका क्षेत्रीय कार्यक्रम अधिकृत युवराज दवाडीले बताए । मानव बेचबिखन र वैदेशिक रोजगारको बदलिँदो स्वरुप र मानव बेचबिखनविरुद्ध स्थानीय तहको काम कर्तव्य र अधिकारका विषयमा जनप्रतिनिधिलाई जानकारी गराएको दवाडीले जानकारी दिनुभयो ।बताए ।

नवनिर्वाचित वडा अध्यक्ष मनबहादुर रानामगरले राज्यबाट प्रशिक्षण पाउनुभन्दा अघि नै मानव बेचबिखनविरुद्ध अभिमुखीकरण हुुन पाउनु महत्वपूर्ण उपलब्धि भएको बताउँदै गाउँमा हुने अवाञ्छित क्रियाकलाप विरुद्ध आफू सक्रिय हुने बताए । उहाँले राजमार्ग जोडिएको यो क्षेत्रमा बालश्रमको प्रयोग भएको पाइएको भन्दै यसतर्फ पनि आफू सचेत रहेको उल्लेख गर्नुभयो । नवनिर्वाचित महिला सदस्य भीमकुमारी थापाले बालश्रम र मानव बेचबिखन विरुद्ध गाउँमा एउटा समिति बन्नसके कार्यक्रम प्रभावकारी हुने बताए ।

जनप्रतिनिधिलाई पहिलो पटक प्रशिक्षण दिइएको माइती नेपालकी मनोविमर्शकर्ता जयन्ती खनालले बताए ।

रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप