जनता आवासको काम द्रूतगतिमा
मोरङ, जेठ २७– मोरङ डाइनिया प्रगति टोलका २४ वर्षीय ललन सरदार निक्कै खुसी देखिन्छन् । नयाँ घर बनाउन सरकारले खर्च दिने भएपछि उनी खुसी भएका हुन् ।
डाइनिया मात्रै होइन, रङ्गेली नगरपालिकाको आँप गाछीका बाँतर समुदायका मानिस पनि निक्कै खुसी छन् । आँपगाछीका बलीतलाल बाँतर पनि सरकारले नयाँ घर बनाउन पैसा दिन थालेपछि खुसी भएका छन् । उनले भने,– “हामी गरिब छौं तर सरकारले घर बनाउन पैसा दिन थालेपछि राम्रो भयो” । उनीमात्र होइन मोरङको आँपगाछीमा ५०, डाइनियामा ४०, कदमाहा ५०, सौराभाग ५० , हात्तीमुडा ५०, डग्राहा ७५ लगायतका स्थानमा घर निर्माण भइरहेकाले लक्षित समुदाय निक्कै खुसी छन् । डङ्ग्राहाका मुखानीदेवी सरदारले भने, “सरकारलाई धन्यवाद छ, हामीलाई घर बनाउन पैसा दिइरहेको छ ।” जनता आवास कार्यक्रमअन्तर्गत गरिबीको रेखामुनी रहेका मोरङ र सुनसरीका सरदार र विपन्न समुदायलाई सरकारले घर बनाउन रकम दिने भएपछि ती समुदायका व्यक्ति अहिले खुसीले गदगद भएका छन् । मोरङ र सुनसरीका विभिन्न निर्वाचन क्षेत्रमा एक हजार ६०० घर निर्माण भइरहेको छ । सो कार्यक्रम सञ्चालन गर्न सांसद अमृत आर्यलको संयोजकत्वमा १३ सदस्य कार्यसमिति रहेको जनता आवास जिल्ला समन्वय समिति बनेको छ । समितिका सदस्यमा सांसद ऋषिकेश पोखरेल, सांसद अमनलाल मोदी, मोरङका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, नापी र मालपोत कार्यालयका प्रमुख छन् । सांसद्को संयोजकत्वमा घर निर्माणको काम भइरहेकाले सो काम समयमै सम्पन्न हुनेमा सो क्षेत्रका मौना बाँतरले बताए । कतै निर्माण सुरु भएको छ भने कतै निर्माणको कामले गति लिएको छ । जनता आवास निर्माणका लागि सुनसरी मोरङमा रु १८ करोड ५९ लाख बजेट छुट्याएको छ । यी दुई जिल्लामा एक हजार ६०० आवास निर्माण गर्नुपर्ने छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यलय मोरङका प्रमुख श्याम किशोर सिंहले जनता आवसको काम द्रूतगतिमा भइरहेको बताए । “घर बनाउने काम द्रूतगतिमा भइरहेको छ,” उनले भने– “समयमै यो काम सम्पन्न हुन्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुर्याउने सरकारको लक्ष्य
-
महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
-
अभिनेता परेश रावलले खोले राजनीति छोड्नुको कारण
-
अमेरिकी दूतावासले सिकायो नेपाली व्यवसायीलाई एआई प्रयोग
-
प्रदेश सरकारमा सहभागी हुन कांग्रेस–एमालेसामु नेकपाको तीन सर्त
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण