बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकको पार्वतीपुरमा शाखा

शनिबार, २७ जेठ २०७४, १५ : ३४
शनिबार, २७ जेठ २०७४

काठमाडौं, जेठ २७ –मुक्तिनाथ विकास बैंकले शुक्रवार भरतपुर महानगरपालिका वडा नं. २१ स्थितपार्वतीपुरमा शाखा स्थापना गरको छ । उक्त शाखाको उुद्घाटन चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले गरेका हुन् । उनले स्थानीय उत्पादनलाई प्राथमिकता दिई आयातलाई प्रतिस्थापन गरि निर्यात प्रवद्र्धन गर्नुुपर्ने, रेमिट्यान्सलाई पू“जी निर्माणमा रुपान्तरण गरि उत्पादन मुलक क्षेत्रमा लगानी गनुपर्ने वताएका थिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको विगत, वर्तमान अवस्था र बैंकको भावी रणनीतिका बारेमा चर्चा गरेका थिए ।

सो क्रममा मुक्तिनाथ विकास बैंकले नेपाली समाजको आवश्यकता अनुसारका कृषि क्षेत्रको विकास र विस्तार, उद्योग व्यवसाय प्रबद्र्धनको लागि उपयुक्त वित्तीय सेवा प्रदान गर्दै आईरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप