लिबियामा ६ वर्ष पछि रिहा भए गद्दाफीका छोरा
बीबीसी
जेठ २८ – लिबियाका अपदस्थ शासक मुअम्मर गद्दाफीका अर्का छोरा सैफ अल इस्लाम गद्दाफीलाई लिबियाबाट रिहा गरिएको खबर सार्वजनिक भएको छ ।
लण्डन स्कूल अफ इकोनोमिक्सबाट पिएचडी गरेका ४४ वर्षका सैफ अल इस्लामलाई मुअम्मर गद्दाफीका उत्तराधिकारी मानिएको थियो ।
पछिल्लो ६ वर्षदेखि जिन्टान शहरमा कैदमा राखेपछि एक चरमपन्थी समूहले उनको रिहाइको घोषणा गरेको छ ।
सन् २०१५ मा उनलाई त्रिपोलीको एक अदालतले मृत्युदण्डको सजायँ तोकेकेका थियो तर यो चरमपन्थी समूहले उनलाई सुम्पिन अस्विकार गरेको थियो ।
यसअघि पनि उनी रिहा भएको खबर सार्वजनिक भइसकेको थियो । यद्यपी, त्रिपोली सरकारको तर्फबाट सैफ अल इस्लामको रिहाईको पुष्टि भएको छैन ।
अन्तर्राष्ट्रिय न्यायालयमा मुद्दाः
सैफ अल इस्लामविरुद्ध अन्तर्राष्ट्रिय अपराध न्यायालयमा पनि मानवताका विरुद्ध अपराध गरेसँग सम्बन्धित मुद्दा जारी छ । गद्दाफीको शासनकाल समाप्त भएपछि अल इस्लाम तीन महिनासम्म फरार भए तर उनलाई सन् २०११ मा कैद गरियो ।
सैफ अल इस्लामलाई उनका पिताको सरकारको सुधारवादी अनुहारको रुपमा हेरिन्थ्यो तर उनले गद्दाफी सरकारको पश्चिमी संसारसँगको सम्बन्धलाई विकसित गर्न एक महत्वपूर्ण भूमिका निभाए ।
तर सन् २०११ मा उनीमाथि हिंसा भड्काएको र प्रदर्शनकारीहरुको हत्या गरको आरोप लाग्यो । त्यसको चार वर्ष पछि उनीलगायत गद्दाफीका ३० नजिकका व्यक्तिलाई गोली हान्ने सजायँ सुनाइयो ।
यद्यपी, उनलाई कुन आधारमा रिहा गरियो भन्ने बारे स्पष्ट छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आमिर खानको तेस्रो विवाहलाई लिएर भारतमा विवाद: कतै पुत्ला दहन, कतै फतवा जारी
-
प्रभासको नयाँ फिल्म ‘फौजी’को प्रदर्शन मिति तय, पोस्टर सार्वजनिक
-
प्रधानमन्त्री बालेन र राप्रपा अध्यक्ष लिङ्देनबिच भेटवार्ता
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुर्याउने सरकारको लक्ष्य
-
महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
-
अभिनेता परेश रावलले खोले राजनीति छोड्नुको कारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण