बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ प्रदेशसभाको अधिवेशन सुरु

प्रदेश सरकारले जारी गरेको निजामती सेवाको गठन अध्यादेश प्रदेशसभामा पेश
आइतबार, १७ पुस २०७९, १६ : १२
आइतबार, १७ पुस २०७९

विराटनगर । प्रदेश १ दोस्रो प्रदेशसभाको प्रथम अधिवेशन आजदेखि सुरु भएको छ । आजको बैठकमा प्रदेशसभाका सभामुखको भूमिकामा रहेका जेष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बैठक बसेको हो । 

आजको बैठकमा प्रदेश नं. १ प्रदेश प्रमुखबाट जारी प्रदेश सरकारको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७९ पेश भएको छ । यस्तै प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत)लाई पनि प्रदेशसभाले अंगीकार गरेको छ । 

प्रदेशसभाको कार्यसूची अनुसार प्रदेशसभा सदस्य भीम पराजुलीले प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत)लाई पनि प्रदेशसभाले अंगीकार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमा एमाले सांसद लिलाबल्लभ अधिकारीले समर्थन गरेसँगै सर्वसम्मत पारित भएको हो । 

यस्तै निजामती सेवाको गठन संचालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश २०७९ प्रदेशसभामा सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रस्ताव पेश गरेका छन् । अर्को बैठक पुस २५ गते बस्नेगरी टुंगिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप