प्रदेश १ प्रदेशसभाको अधिवेशन सुरु
विराटनगर । प्रदेश १ दोस्रो प्रदेशसभाको प्रथम अधिवेशन आजदेखि सुरु भएको छ । आजको बैठकमा प्रदेशसभाका सभामुखको भूमिकामा रहेका जेष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बैठक बसेको हो ।
आजको बैठकमा प्रदेश नं. १ प्रदेश प्रमुखबाट जारी प्रदेश सरकारको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७९ पेश भएको छ । यस्तै प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत)लाई पनि प्रदेशसभाले अंगीकार गरेको छ ।
प्रदेशसभाको कार्यसूची अनुसार प्रदेशसभा सदस्य भीम पराजुलीले प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत)लाई पनि प्रदेशसभाले अंगीकार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमा एमाले सांसद लिलाबल्लभ अधिकारीले समर्थन गरेसँगै सर्वसम्मत पारित भएको हो ।
यस्तै निजामती सेवाको गठन संचालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश २०७९ प्रदेशसभामा सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रस्ताव पेश गरेका छन् । अर्को बैठक पुस २५ गते बस्नेगरी टुंगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण