मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

काबुलको सैन्य विमानस्थल विस्फोटमा १० जनाको मृत्यु, ८ जना घाइते

आइतबार, १७ पुस २०७९, २३ : ००
आइतबार, १७ पुस २०७९

काबुल सैन्य विमानस्थलमा आइतबार भएको विस्फोटमा कम्तिमा १० जनाको मृत्यु हुनाको साथै अन्य आठ जना गम्भीर घाइते भएको  खामा प्रेसले तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै  बताएको छ । 

तालिबान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टक्कुरले काबुलको सैन्य विमानस्थलको मुख्य गेट नजिकै विस्फोट भएको र  यसको जिम्मेवारी कसैले  नलिएको बताएका छन् ।  उत्तरी तखार प्रान्तको राजधानी तालुकान शहरमा बुधबार भएको विस्फोटमा चार जना घाइते भएको तीन दिनपछि  यो अर्को  विस्फोटको घटना हो ।

तखारमा तालिवान सुरक्षा कमाण्डर अब्दुल मुबिन साफीले विस्फोटको पुष्टि गर्दै स्थानीय प्रशासनिक कर्मचारीको डेस्कमुनि बम राखिएको  जानकारी दिएका छन् ।  पछिल्ला केही महिनाहरूमा युद्धग्रस्त काउन्टीमा विस्फोट लगायतका सुरक्षा घटनाहरू बढ्दै गएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप