पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, हिमपातको सम्भावना
सोमबार, १८ पुस २०७९, ०५ : ५४
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराईका थोरै भू-भागमा हुस्सु लागेको अवस्था रहेको छ।
सोमबार प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यता मंगलबार पनि देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
-
पूर्वी रुकुमबाहेक रास्वपा लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न
-
छानबिन प्रतिवेदन र सुधनको पुनरागमनले स्थापित गरेका चार गलत नजिर
-
मन्त्री पुनले गरे पदभार ग्रहण
-
शोधनान्तर स्थिति साढे ८ खर्ब र चालु खाता झण्डै ८ खर्बले बचतमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण