आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् जसपाको राजनीतिक समितिको बैठकका कार्यसूची

सोमबार, १८ पुस २०७९, ०७ : ३९
सोमबार, १८ पुस २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक आज बस्दैछ । बैठक ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजे सुरु हुनेछ । बैठक मंगलबारसम्म चल्नेछ ।

मंगलबारसम्म चल्ने बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र सरकारमा सहभागिताबारे निर्णय गर्ने भएको छ । जसपाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा जाने वा नजाने विषयमा कुनै निर्णय गरिसकेको छैन ।

कार्यकारिणी समितिको बैठकले यो विषय टुंगो लगाउने जिम्मा राजनीतिक समितिलाई दिएको थियो । बैठकबाट पछिल्लो राजनीतिक परिस्थिति, चुनावको समीक्षा, विधान अधिवेशन, सरकारको न्यूनतम साझा कार्यक्रम, सरकारमा सहभागिता र दलहरूसँग एकताका लागि वार्ता समिति गठन लगायतका कार्यकारिणी समितिको बैठकले तय गरेका एजेन्डाहरूमा निर्णय हुनेछ । 

यस्ता छन् कार्यसूची :
१) मुलुकको वर्तमान राजनीतिक परिस्थिति र हाम्रो पार्टीको भूमिका ।

२) प्रतिनिधि सभा / प्रदेश सभाको निर्वाचन सम्बन्धी समिक्षा ।

३) न्यूनतम् साझा नीति तथा कार्यक्रम र सरकारमा सहभागिता सम्बन्धमा ।

४) विभिन्न राजनीतिक दल / संगठनहरुसँग एकता, सहकार्य तथा गठबन्धन सम्बन्धी वार्ता गर्नका लागी वार्ता समिति गठन गर्ने सम्बन्धमा ।

५) संगठनात्मक कार्य सम्बन्धी प्रस्तावहरुः
क) क्रियाशील एवम् प्रभावकारी नरहेका पार्टीका विभिन्न समिति / संगठनहरुलाई क्रियाशील बनाउन आवश्यकता अनुसार विघटन, गठन / पुनर्गठन गर्ने सम्बन्धमा ।
ख) भ्रातृ/जनबर्गीय संगठन, पेशागत संगठन र ट्रेड युनियन लगायतका संगठनहरुलाई क्रियाशील तथा सुदृढीकरण गर्ने सम्बन्धमा ।

६. (क) विगतमा सम्पन्न भएका निर्वाचनहरुमा पार्टीका आधिकारीक उम्मेदवारहरुको बिरुद्ध उम्मेदवारी दिने, पार्टी भित्र अन्तर्घात गर्ने, निष्कृय रहने, असहयोग गर्ने र पार्टी बिरुद्ध गतिविधिमा संलग्न हुने वा गतिविधि गर्ने पार्टी पदाधिकारी एवम् सदस्यहरुलाई तत् सम्बन्धित समितिहरुले पार्टी विधान अनुसार कार्यवाही गर्ने ।

६. (ख) संघीय परिषद् र केन्द्रीय समितिका सदस्यहरुको हकमा जाँचबुझ / छानबीन गरी आवश्यक कार्यवाहीको प्रक्रिया अगाडी बढाउन छानवीन समिति गठन गर्ने ।

७) पार्टी विधान अधिवेशनको लागि पार्टी विधानको मस्यौदा तयार गर्न "बिधान मस्यौदा समिति” गठन गर्ने सम्बन्धमा ।

८) विविध |

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप