शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नबिल एसएसई कोर्स : जसले जोड्दैछ युवाहरूलाई उद्यमसँग

आइतबार, १७ पुस २०७९, १३ : ३७
आइतबार, १७ पुस २०७९

पूर्व विराटनगरका लेसान्त सापकोट बीएमआई सातौ सेमेस्टरमा अध्ययनरत छन् । स्थानीय कलेजमा नै बिजनेश अफ इन्फर्मेशन म्यानेजमेन्टमा डिग्री हासिल गर्दैगरेका सापकोटालाई आफ्नै बिजनेस गर्ने रहर छ । तर, उनीसँग उद्यमशीलताको सामान्य ज्ञान बाहेक कुनै कार्यानुभव छैन । 

‘आईटीको विद्यार्थी हुँ । म्यानेजमेन्टका केही ज्ञान भए पनि सामाजिक कार्य बाहेक हालसम्म उद्यमशीलताको केही काम गर्न सकेको छैन । अब भने केही गर्ने आट बढेको छ’ रातोपाटीसँग कुरा गर्दै सापकोटाले भने, ‘एउटा छुट्टै खालको काइजिन सर्भिस प्रोभाइडिङ व्यवसायको योजना बनाउँदै छु । व्यवसायमा सफल हुनेमा शतप्रतिशत विश्वस्त छु’ उनले भने । 

उसो त सापकोटामा यस्तो आत्मविश्वास बढाइदिने काम भने नबिल बैंकले गरेको हो । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ७ वटै प्रदेशमा नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (एसएसई) कार्यक्रम चलाइरहेको छ । जुन कार्यक्रम पूर्वको विराटनगरमा पनि सञ्चालनमा रहेको छ । सोही कार्यक्रममार्फत सापकोटाले उद्यमशीलता सम्बन्धी ज्ञान पाएका हुन् । त्यति मात्र होइन उक्त कार्यक्रमबाटै उनले व्यवसायको आइडिया, व्यवसायको सम्पूर्ण व्यवस्थापकीय ज्ञान र हौसला पाएका हुन् । 

‘आफूमा कन्फिडेन्स बढेको महसुस भएको छ । अब बिजनेस गर्ने नै हो’ सापकोटाले भने, ‘घरायसीसँगै अफिसियल्ली वर्कहरुको सप्लाईको बिजनेस गर्ने हो । कन्सेप्ट अनुसार सेवाग्राहीहरु अल्पकालिन वा दीर्घकालीन रूपमा कम्पनीको सदस्य बन्न सक्छन् । जसले न्यूनतम मासिक शुल्कमा घरायसी सर्भिसिङ सेवाहरू पाउनेछन् ।’ उनले थपे, ‘यसमा बेरोजगार दक्ष कामदारहरू छन् भने त्यस्तो जनशक्तिलाई समेत कम्पनीले लिन्छ ।’

यस्तै, आफ्नै बलबुतामा केही उद्यमशीलता गर्ने हुटहुटी जगाएकी एक युवा प्रशिक्षार्थी हुन् पूर्वकै प्रशन्सा लुइँटेल । नबिल बैंकको इन्टरप्रेनरसिप (एसएसई) कार्यक्रमबाटै प्रशिक्षित लुइटेलले स्टडी क्याफे चलाउने योजना बनेकी छिन् । 

‘क्याफेसहितको लाइब्रेरीमा खाने, बस्ने, पढ्ने लेख्ने सबै सुविधाहरू उपलब्ध हुन्छन् । जुन क्याफेमा व्यक्ति एक्लै वा समूहमा बसेर पनि पढ्न लेख्न वा बैठक बस्न सक्छन्’ लुइँटेल बत्ताउँछिन् । बिआईएम अर्थात् ब्याच्लर्स अफ ईनफर्मेशन म्यानेजमेन्टमा पढ्दै गरेकी लुइँटेले यस्तो व्यवसायका लागि नबिल बैंकमार्फत सर्पोटको अपेक्षा रहेको बत्ताउँछिन् । 

यस्तै अर्का युवा गीता कुइँकेल, न्यौपानेले समेत आफूले फेसन वेयर रेन्ट बिजनेस गर्न चाहेको बत्ताउँछिन् । उसो त पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म नै सात वटै प्रदेशमा यस्तै इन्टरप्रेनरसिप कार्यक्रम सञ्चालन गरिरहेको नबिल बैंकले युवाहरूलाई तालिम, सिप तथा ज्ञानको माध्यमबाट युवाहरूलाई उद्यमशीलतामा जोड्ने प्रयास गरिरहेको छ । यस्ता युवाहरूलाई आवश्यकता हेरी सरल र सहुलियतपूर्ण कर्जा समेत बैंकले उपलब्ध गराइरहेको बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले बताए । 

सुदूरपश्चिमको धनगढी, कर्णाली, गण्डकी, लुम्बिनी, मधेस प्रदेशसँगै बागमती प्रदेशमा समेत हालै सम्पन्न एसएसई प्रोग्रामले धेरै युवाहरूलाई उद्यमशीलताको बाटोमा जोडेको ज्ञवालीको भनाइ छ । सँगै बैंकले विगत ९७ दिनदेखि पूर्वको विराटनगरमा सञ्चालन गरिएको एसएसई कार्यक्रम समेत समापन हुँदै छ । २५ जनाभन्दा बढीलाई इन्टरप्रेनरसिप तालिम प्रदान गरेको बैंकले सोबाट उत्कृष्ट तीन वटा कन्सेप्टलाई छनोट गरी तीन युवालाई व्यावसायिक सहजीकरण गर्ने समेत जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप