शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पन्तलाई आईसीयूबाट बाहिर निकालियो

सोमबार, १८ पुस २०७९, २० : ५६
सोमबार, १८ पुस २०७९

सडक दुर्घटनामा घाइते भएका भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई आईसीयूबाट निजी सुइटमा सारिएको छ । समाचार एजेन्सी एएनआईले डीडीसीए निर्देशक श्याम शर्मालाई उद्धृत गर्दै यो जानकारी दिएको हो।

पन्तको कार रुर्की नजिकै शुक्रबार (डिसेम्बर ३०) दुर्घटनामा परेको थियो । त्यसयता उनी देहरादूनको एक अस्पतालमा भर्ना छन् । शर्माले भने, ‘पन्तको स्वास्थ्यमा सुधार भइरहेको छ । संक्रमणको डरले उनलाई निजी सुइटमा सारिएको छ।’ उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी, अभिनेता अनिल कपुर, अनुपम खेरलगायत धेरैले पन्तलाई भेटेका छन् । तर, शर्माले पन्तसँग धेरै मानिस भेट्न नहुने बताएका छन् । यसले संक्रमणको जोखिम बढ्न सक्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप