पन्तलाई आईसीयूबाट बाहिर निकालियो
सोमबार, १८ पुस २०७९, २० : ५६
सडक दुर्घटनामा घाइते भएका भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई आईसीयूबाट निजी सुइटमा सारिएको छ । समाचार एजेन्सी एएनआईले डीडीसीए निर्देशक श्याम शर्मालाई उद्धृत गर्दै यो जानकारी दिएको हो।
पन्तको कार रुर्की नजिकै शुक्रबार (डिसेम्बर ३०) दुर्घटनामा परेको थियो । त्यसयता उनी देहरादूनको एक अस्पतालमा भर्ना छन् । शर्माले भने, ‘पन्तको स्वास्थ्यमा सुधार भइरहेको छ । संक्रमणको डरले उनलाई निजी सुइटमा सारिएको छ।’ उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी, अभिनेता अनिल कपुर, अनुपम खेरलगायत धेरैले पन्तलाई भेटेका छन् । तर, शर्माले पन्तसँग धेरै मानिस भेट्न नहुने बताएका छन् । यसले संक्रमणको जोखिम बढ्न सक्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण