रोनाल्डो २८ अर्बको सम्झौतामा साउदी अरब पुगे
मङ्गलबार, १९ पुस २०७९, ११ : १२
रियाद । विश्वका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो मंगलबार बिहान साउदी अरबको राजधानी रियाद पुगेका छन् । रोनाल्डोले साउदी अरबको फुटबल क्लब अल–नासरसँग १७७ मिलियन पाउण्ड (२८ अर्ब रुपैयाँ) को सम्झौता गरेका छन्, जसअन्तर्गत रोनाल्डो सन् २०२५ सम्म अल–नासरसँग रहनेछन् ।
रोनाल्डोको म्यान्चेस्टर युनाइटेडसँगको सम्झौता सकिएपछि उनको भविष्यका बारेमा धेरै अड्कलबाजी गरिएको थियो । सामाजिक सञ्जालमा यो रोनाल्डोको करियरको सूर्यास्त हो भनेरसमेत लेखिएको थियो ।
तर साउदी अरबको फुटबल क्लबसँगको यस्तो महँगो सम्झौतापछि केही समयका लागि यी अड्कलहरूमाथि विराम लागेको छ । रोनाल्डोसँग आवद्ध भएपछि ९ साउदी प्रो लिग जितेको क्लबले आफ्नो टोलीलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किशोरीलाई ‘आँखा झिम्क्याएको निहुँ’मा प्रहरी जवानको हत्या
-
बारले उठायो सर्वोच्चको न्यायाधीश नियुक्ति र प्रधानन्यायाधीशको संवैधानिक परिषद्मा सहभागितामा प्रश्न
-
चिन स्ट्रयापमा झुन्डिएर व्यायाम गर्न खोज्दा पुरुषको मृत्यु
-
अख्तियारको कर्मचारी भन्दै विद्यालयका शिक्षक धम्क्याएको आरोपमा पक्राउ
-
हिरामन्डी : चर्चामा अदितिको ‘गजगामिनी चाल’
-
संसदीय छानबिन समितिको टीओआरका विषयमा कांग्रेसले फेरि माग्यो समय