मधेस प्रदेशमा सरकार बनाउन जटिल : रामचन्द्र मण्डल
काठमाडौं । मधेस प्रदेशमा कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा दलहरुबीच नै अन्यौल भएको छ । पुस २८ गतेभित्र मुख्यमन्त्री चयन गर्नुपर्ने भएपनि दलहरुबीच केन्द्रमा सहमति नबन्दा कुनै प्रक्रिया नै अघि नबढेको नेताहरूले बताएका छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका प्रदेश सांसद रामचन्द्र मण्डलले मधेस प्रदेशमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने प्रस्ट भैनसकेको बताए । उनले केन्द्रीय सहमति के भएको छ भन्ने प्रस्ट नभएसम्म सरकार गठनको गृहकार्य सुरु नै नहुने बताए ।
‘पहिलो कुरा प्रदेश प्रमुखले अहिलेसम्म सरकारका लागि आव्हान नै गरेको अवस्था छैन । दोस्रो कुरा मधेस प्रदेशका कतिपय राजनीतिक दलहरूले संसदीय दलको नेता पनि छानिसकेका छैनन्’, नेता मण्डलले रातोपाटीसँग भने, ‘एमालेले आजैबाट दलको नेता छान्न छलफल थालेको छ ।’
उनले सहमतिबाट दलको नेता छान्ने प्रयास भइरहेको पनि बताए । ‘हामी सकभर सहमतिबाटै दलको नेता छान्ने प्रयासमा छौ, भएन भने निर्वाचन प्रक्रियामा पनि जान्छौ’, मण्डलको भनाइ छ । उनले मधेस प्रदेशमा ठुलो दलको हैसियतले मुख्यमन्त्रीका लागि दाबी गर्नु स्वाभाविक रहेको पनि बताए ।
उनले केन्द्रमा हुने राजनीतिक सहमति र समीकरणको प्रस्ट खाका आएपछि बल्ल सरकारका लागि गृहकार्य थाल्ने बताए । ‘अहिलेसम्म हामीहरूले कुनै पनि दलसँग सरकार गठनबारे छलफल पनि गरेका छैनौ । माथि के सहमति हुन्छ, सोही अनुसार हामी अघि बढ्ने हो । अहिलेसम्म यसको उसको नेतृत्वमा सरकार बन्ने भनेर पार्टीबाट पनि केही भनिएको छैन त्यसैले अहिलेको अवस्थामा मधेसमा कसको सरकार बन्छ भन्ने जटिल बनेको छ’, मण्डलको भनाई छ । मधेस प्रदेशमा नेकपा एमालेका १५ सांसद छन् । यो प्रदेशमा जसपा र जनमतमध्ये एकलाई मुख्यमन्त्री दिएर सरकार बनाउने सत्ता गबठनधनको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण