शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तीन महिना अघि नै ब्रेकअप हुन लागेको थाहा हुन्छ, वैज्ञानिकले खोजे तरिका

मङ्गलबार, १९ पुस २०७९, १४ : २४
मङ्गलबार, १९ पुस २०७९

सबैकुरा राम्रै चलिरहेको थियो । विवाहको योजना बनाइँदै थियो । दुई एक–अर्कालाई असाध्यै माया गर्दथे । तर अचानक एकदिन दुबैको ब्रेकअप भयो । यो कसरी भयो, कसैले पनि बुझ्न सकेनन् । किन भयो ? ब्रेकअपको कारण ती दुईलाई पनि थाहा भएन । तर अब वैज्ञानिकले नयाँ तरिकाको खोजी गरेका छन् जसले तपाईंको ब्रेकअप हुँदैछ भनेर तीन महिना अघि नै बताइदिनेछ ।

अस्टिनस्थित युनिभर्सिटी अफ टेक्सासका अनुसन्धाताले ६८०३ रेडिट प्रयोगकर्ताका १०,२७,५४१ पोस्टको स्टडी गरे । उनीहरुले सबरेडिट पोस्टr/BreakUps मा पोस्ट गरेका थिए । यसको अर्थ उनीहरुको ब्रेकअप भइरहेका छन् भन्ने होइन । अथवा हुँदै थियो । कुरा पोस्टको पनि होइन । कुरा ती भाषाको हो जसको प्रयोग यी पोस्टमा गरिएको थियो । ब्रेकअप शब्द दिमागमा आउने बित्तिकै पोस्टको भाषामा परिवर्तन आउँथ्यो ।

शोध गर्ने समूहको रिपोर्ट हालै प्रोसिडिङ्ग्स अफ द नेशनल एकेडेमी अफ साइन्सेसमा प्रकाशित भएको छ । अनुसन्धाताले ब्रेकअपभन्दा दुई वर्ष अघि वा दुई वर्ष पछिको पोस्ट देखे । यतिबेला वैज्ञानिकले पोस्टको भाषामा परिवर्तन पाए । जसको ब्रेकअप हुँदैछ, उनीहरुको भाषा तीन महिना अघि परिवर्तन हुने गर्छ । ब्रेकअप भएको ६ महिना पछि भने भाषा सामान्य हुँदै गए ।

भाषामा म, हामीजस्ता शब्दको मात्रा बढ्ने गर्छ । यस्तो शब्दको मात्रा बढ्ने गर्छ जुन मानिसले आफ्ना लाथि प्रयोग गर्छन् । जसमा उसको तनाव देखिन्छ । उसको फोकस देखिन्छ । त्यसपछि यस्ता भाषा प्रयोग गरिन्छन् जसमार्फत् थुप्रै अर्थ निकाल्न सकिन्छ । मानिसहरुको विश्लेषणात्मक सोच कम हुने गर्छ । मानिसहरु बढी नीजि र अनौपचारिक भाषा बोल्न वा पोस्ट गर्न थाल्छन् ।

जस्तै उदाहरणका लागि – अध्ययनका लागि लिइएका केही शब्दहरुले ‘कग्निटिभ प्रोसेसिङ’ का संकेतहरु देखाउँछन् । यसका साथै, म अथवा मेरो भन्ने शब्द धेरै नै प्रयोग भइरहेको पनि देख्न सकिन्छ ।

‘मेरो कथा साझा गर्ने कि नगर्ने भन्नेमा म अनिश्चित छु । मलाई केही मद्दत चाहिन्छ किनभने म हराएको महसुस गरिरहेको छु तर मेरो कथा लामो छ र यो साझा गर्न लायक छ कि छैन भन्ने निश्चित छैन ।’

सर्वनाम प्रयोगमा यी सूक्ष्म परिवर्तनहरु र भाषामा अन्य परिवर्तनहरु प्रयोगकर्ताले उनीहरुको सम्बन्धको बारेमा कुरा गर्दा मात्रै होइन उनीहरुले अन्य विषयमा कुरा गर्दा पनि देखिएका थिए ।

‘यस्तो देखिन्छ कि मानिसहरुलाई ब्रेकअप हुन्छ भनेर थाहा हुनु अगाडि नै यसले उनीहरुको जीवनमा असर पारिरहेको जस्तो देखिन्छ,’ अस्टिनस्थित युनिभर्सिटी अफ टेक्सासकी साइकोलोजीकी डक्टरल क्यान्डिडेट तथा यस अनुसन्धानकी मुख्य अनुन्धाता सारा सेराजले साइन्स डेलीलाई भनिन् । ‘हामी वास्तवमा नै ध्यान दिँदैनौँ कि हामीले कतिपटक प्रिपोजिसन, आर्टिकल वा प्रनाउन प्रयोग गर्दैछौँ । तर यदि तपाईंको व्यक्तिगत जीवनमा उथलपुथल मच्चिरहेको छ भने हामीले हाम्रो भावनात्मक र मनोवैज्ञानिक अवस्थाबारे धेरै कुरा बताउन सक्छौँ ।’

भाषामा देखिएका परिवर्तनहरु ब्रेकअपको हप्तामा उचाईमा पुगे र सम्बन्ध स्थापित भएको ६ महिनापछि सामान्य अवस्थामा फर्कियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप