गहना लुट्न अर्घाखाँचीमा ६० वर्षीया महिलाको हत्या
अर्घाखाँची । सुनका गहना लुट्नकै लागि अर्घाखाँचीको शीतगंगा नगरपालिका–१० सिद्धारा बोखरमा एक ६० वर्षीया महिलाको हत्या भएको छ । आइतबार बिहान स्थानीय राधा थापाको हत्या भएको हो ।
घर नजिकैको खोल्सीमा बिहान करिब १० बजेतिर थापाको शव फेला परेको थियो । घटनाको जानकारी पाउनासाथ उद्धार र अनुसन्धानमा खटिएको प्रहरीले घटना भएको १२ घण्टाभित्रै अभियुक्त पक्राउ गरेको छ । लुकेर भारत जाँदै गरेका भारतीय नागरिक सुशान्त सिंहलाई प्रहरीले शीतगंगा–११ को जंगलबाट नियन्त्रणमा लिएको हो ।
६० वर्षीया राधा थापा हरेक दिनजस्तो आइतबार बिहान पनि छिमेकीको घरमा दूध लिन जाने गर्दथिन् । घरबाट दूध लिन निस्किएकी थापा छिमेकीको घरमा नपुग्दै अपराधीको निसानामा परिन् । भारतको गुडगाँव घर भई हाल अर्घाखाँची शीतगंगा नगरपालिका–१० स्थित बोखोरकी शिवकला परियारसँग विवाह गरेका सुशान्त सिंहले गहना लुटपाटकै लागि महिलाको हत्या गरेको प्रहरीले जनाएको छ ।
अघिल्लो दिन साँझ नै चन्द्रौटा डेराबाट ससुराली घरमा आएका सिंहले राति कोही नभएको ससुराली घरमै रात बिताएको र अर्को दिन बिहान साढे ५ बजेदेखि बाटोमा कुरेर करिब ८ बजेको आसपासमा हत्या गरेको स्वीकार गरेका छन् ।
दूध लिन जाँदै गर्दा बाटोमा ढुकेर बसेका सिंहले पछाडिबाट ढुंगा र हँसियाले हानी थापाको हत्या गरेपछि लतार्दै बाटोदेखि करिब १५ मिटर तल जंगलको झाडी खोल्सोमा लगेर उनले लगाएको सुनका गरगहना लुटपाट गरेको प्रहरीलाई बयान दिएका छन् । आरोपी सिंहलाई जिल्ला अदालतबाट सोमबार सात दिनको म्याद लिएर अर्घाखाँची प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।
थापाको हत्या गरी गहना लुटपाट गरेर जंगलको बाटो भाग्दै गरेका सिंहलाई इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका सिंहले ससुराली आएको वेलामा थापाले गहना लगाएको देखेको र त्यही गहना लुटपाट गर्ने योजनाका साथ हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योगमाया राष्ट्रिय सम्मान समर्पण र कृति लोकार्पण
-
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ
-
गण्डकीमा क्रियाशील कम्युनिस्ट पार्टीले गरे पुष्पलाल मार्क्सवादी विश्वविद्यालयलाई समर्थन
-
सिंहदरबारकै जातीय सोचले रोकियो थर सूचीकरणः राष्ट्रिय दलित आयोग
-
१६ वर्षीय प्रसिद्ध २ लाख रुपैयाँमा काठमाडौँ गुर्खाजमा आबद्ध
-
मंगलबार लेखा समितिको बैठक बस्दै, राहदानी छपाइबारे छलफल होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण