‘भरतपुर लागनी सम्मेलन’को तयारी भइरहेको छः मेयर रेनु दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ‘भरतपुरमा लगानी सम्मेलन’को तयारी थालिएको बताएकी छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालद्वारा मंगलबार भरतपुरमा जारी होटल व्यवसायी महासंघको १० औँ साधारण सभा तथा चौथो महाधिवेशनको उद्घाटन गर्दै मेयर दाहालले यही वर्षभित्र लगानी सम्मेलन गर्ने गरी महानगरपालिका अगाडि बढेको बताइन् ।
मेयर दाहालले लगानी सम्मेलनमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्तालाई भरतपुरमा बोलाएर यहाँको विभिन्न क्षेत्रमा गर्न सकिने लगानीबारे सम्भावना प्रस्तुत गरिने उल्लेख गरिन् । लगानी सम्मेलनपछि भरतपुरको पर्यटकीय क्षेत्रमा लगानी गर्ने वातावरण उच्च रहेको उनको भनाइ थियो । मेयर दाहालले भरतपुरमा निर्माणधिन भौतिक पूर्वाधार निर्माण सम्पन्न भएसँगै पर्यटकीय गतिविधि वृद्धि हुने दाबी समेत गरे । भरतपुर महानगरपालिका दुई ठूला नदीले घेरिएको जल, जमिन र जंगलको अनुपम स्थल भएकाले हरेक क्षेत्रमा प्रचुर सम्भावना रहेको मेयर दाहालको भनाइ छ ।
भरतपुर महानगरपालिका देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने दिशामा अगाडि बढेको भन्दै मेयर दाहालले सन्२०८० लाई भरतपुर भ्रमण वर्षको रुपमा स्वास्थ्य पर्यटन, कृषि पर्यटन, शिक्षा पर्यटन तथा अन्य सबै पर्यटनको अवलोकन गर्न निमन्त्रणा गरिने बताइन् ।
मेयर दाहालले स्थानीय सरकारको हैसियतले पर्यटन तथा होटल व्यवसायीसँग समवन्य गर्दै अघि बढ्ने अभ्यास महानगरपालिकाले गर्दै आएको र भावी दिनमा पनि सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण