नेपाल टी–ट्वान्टी : लुम्बिनीसँग हार्यो जनकपुर
काठमाडौं । नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले जनकपुर रोयल्सलाई ५ रनले हराएको छ । त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १७९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ५ विकेट गुमाएर १७३ रन बनायो ।
जनकपुरका लागि चाडबिक वाल्टनले अविजित ५९ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कप्तान ट्राभोन ग्रिफिथ, शरफुदिन असरफ र सन्दिप जोराले समान २६/२६ रन बनाए । लुम्बिनीका लागि ह्यारी टेक्टर र विपुल शर्माले समान २/२ विकेट बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभरमा ८ विकेट गुमाएर १७८ रन बनाएको थियो । लुम्बिनीका लागि हरमित सिंहले ७३ रनको अर्धशतकीय पारी खेले । लाहिरु मिलान्थाले ३३ रन बनाउँदा ह्यारी टेक्टरले अविजित १८ रन बनाए ।
जनकपुरका लागि सरफुदिन असरफले ३ विकेट लिए । त्यस्तै जितेन्द्र मुखिया, समिउल्लाह शिनवारी र ललित नारायण राजवंशीले समान १/१ विकेट लिए । लुम्बिनी आठ खेलमा १४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । पराजित जनकपुर आठ खेलमा १० अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण