नयाँ सरकारले स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्छः वामदेव गौतम
काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान सरकारले मुलुकभित्र स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्ने बताएका छन् ।
मंगलवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गौतमले वर्तमान सरकारले मुलुक भित्र नै उत्पादन वृद्धि गरी दिगो विकासलाई समेत मद्दत गर्दै सुशासन कायम गर्न पहल गर्नुपर्ने बताएका हुन् । उनले नेपालमा सम्पूर्ण खाद्यान्नदेखि जनैसम्म विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेकाले मुलुक गरिबी भएको भन्दै चिन्ता व्यक्त गरे । उनले अहिले विश्वका अन्य देश भन्दा अर्थतन्त्रमा पछाडि परेको बताए । सांसद गौतमले अब सबैले समावादी उत्पादन,वितरणमा सरकारले जोड दिन आवश्यक रहेको बताए । उनले सरकारले मुलुक भित्र उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्न सक्नुपर्ने बताए । उनले खाद्यन्न,फलफूल,औषधि लगायत उत्पादनमा वृद्धि गरी आत्मनिर्भर बन्नसके मुलुक भित्र नै रोजगारी समेत सिर्जना हुने बताए ।
उनले विगतमा नेपाली काँग्रेसको सरकारले सरकारी उद्योग कारखानाहरु निजीकरण गर्दा अहिले समस्या भएको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण