बुर्किना फासोमा हिंसा : २८ जनाको शव भेटियो
बुर्किना फासोको उत्तर–पश्चिमी सहर नोउनामा गोली हानी मारिएका २८ जनाको शव फेला परेको सरकारले जनाएको छ । एक नागरिक समाज समूहले फेला परेका शव जिहादीविरुद्ध लडिरहेको सरकार समर्थित स्वयंसेवी बलका सदस्य भएको दाबी गर्दै सशस्त्र नागरिकहरूलाई हत्याको दोष लगाइएको छ ।
दाबीबारे सरकारले कुनै टिप्पणी गरेको छैन तर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। बुर्किना फासो एक दशक लामो विद्रोहको चपेटामा परेको छ, जसका कारण झण्डै २० लाख मानिसहरूलाई विस्थापित गरेको छ ।
सेनाले गत जनवरीमा बुर्किना फासोमा आक्रमणको अन्त्य गर्ने वाचा गर्दै सत्ता कब्जा गरेको थियो, तर हिंसा अझै चर्किरहेको छ । सरकारले ‘अस्वीकार्य हिंसा’ को निन्दा गरेको छ र शान्त हुन आह्वान गरेको छ । आतंकवाद विरुद्धको लडाईमा एकताबद्ध कार्यका लागि सरकारले सम्पूर्ण जनतालाई परिचालन गर्न थालेको समयमा यो घटना भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण