रोनाल्डो साउदी क्लब अल नसरमा सार्वजनिक
बुधबार, २० पुस २०७९, ०८ : २९
पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा सार्वजनिक भएका छन् । साउदी क्लबले मंगलबार राति घरेलु मैदान म्रसोल पार्कमा एक विशेष समारोह गर्दै रोनाल्डोलाई सार्वजनिक गरेको हो ।
सार्वजनिक कार्यक्रममा रोनाल्डोले अब आफ्नो युनाइटेडसँग कुनै सम्बन्ध नभएको बताएका छन् । आफू नयाँ चुनौतीका लागि साउदी आएको बताए । ‘म यहाँ नयाँ चुनौतीका लागि आएको हु । अब युनाइटेडसँग मेरो कुनै सम्बन्ध छैन्,’ रोनाल्डोले भने । रोनाल्डोले साउदीको क्लबसँग साढे दुई वर्षको सम्झौता गरेका छन् ।
रोनाल्डो २०२५ सम्म साउदी अरेबियाको क्लबमा रहने छन् । अल नसरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको हो । रोनाल्डोले म्यानचेस्टर युनाईटेडसँगको सम्झौता अन्त्य गर्दै अल नसर आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण