बलिउडका ४ स्टार किड्स, जो गर्दैछन् फिल्ममा डेब्यु
मुम्बई । सन् २०२३ मा धेरै स्टार किड्स बलिउडमा प्रवेश गर्ने तयारीमा छन् । फिल्म अभिनय भर्खर तयारी भएपनि सामाजिक सञ्जालमा भने उनीहरूको फ्यान फलोइङ थुप्रै छन् । २०२३ मा बलिउड डेब्यु गर्ने ४ स्टार किड्स, जसको चर्चा अहिले गर्न खोजिएको छ ।
सुहाना खान:
बलिउडका किंग शाहरुख खान र गौरी खानकी छोरी सुहाना खान निर्देशक जोया अख्तरको फिल्म ‘द आर्चिज’बाट अभिनयमा डेब्यु गर्दैछिन् । यो फिल्म सन् २०२३ मा रिलिज हुनेछ । फिल्मको रिलिजको आधिकारिक मिति भने सार्वजनिक गरिएको छैन । यो फिल्म नेटफ्लिक्समा रिलिज हुनेछ । सुहाना खान सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । सामाजिक सञ्जालमा उनको ठूलो फ्यान फलोइङ छ ।
खुशी कपुर:
श्रीदेवी र बोनी कपूरकी कान्छी छोरी खुशी कपूर आफ्नी जेठी बहिनी जान्हवी कपूरको पाइला पछ्याउँदै अभिनयमा डेब्यु गर्न तयार छिन् । खुशी जोया अख्तरको निर्देशनमा बनेको फिल्म ‘द आर्चिज’ बाटै डेब्यू गर्दैछिन् । खुशी कपूर एक सोशल मिडिया स्टार पनि हुन् र सोशल मिडियामा उनको ठूलो फ्यान फलोइङ छ ।
शनाया कपूर:
सञ्जय कपूरकी छोरी शनाया कपुर निर्माता करण जोहरको फिल्म बेधडकबाट डेब्यु गर्दैछिन् । यो फिल्म शशांक खेतानले निर्देशन गर्दैछन् । यो फिल्म मार्फत करण जोहरले शनाया कपुरसँगै दुई नयाँ अनुहार लक्ष्य र गुरफतेह पीरजादालाई पनि लन्च गर्दैछन् । शनाया कपूर ‘गुंजन सक्सेना ः द कारगिल गर्ल’ मा सहायक निर्देशक थिइन्, जसमा उनकी कजिन जान्हवी कपूर मुख्य भूमिकामा थिइन् ।
अगस्त्य नन्द:
बलिउडका महानायक अमिताभ बच्चनको नाति तथा श्वेता बच्चन नन्दा र निखिल नन्दका छोरा अगस्त्य नन्दा पनि जोया अख्तरको फिल्म ‘द आर्चिज’ बाट डेब्यु गर्न लागेका छन् । उनको अर्को फिल्म ८ डिसेम्बरमा घोषणा भएको थियो । जसमा उनी दिग्गज अभिनेता धर्मेन्द्रको अपोजिटमा सिपाहीको भूमिकामा देखिनेछन् । फिल्मका निर्देशक श्रीराम राघवन हुन्, भने निर्माता दिनेश विजन रहेका छन् ।-अमर उज्याला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण