सहसचिव डा.रोजनाथ पाण्डे सचिवमा बढुवा
काठमाडौं । संघीय संसद् सचिवालयमा कार्यरत सहसचिव डा. रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन् । सचिवालयका सचिव धुव्र घिमिरेले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पाण्डेलाई बढुवा गरिएको हो ।
बुधबार बसेको संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले पाण्डेलाई बढुवा गरेको हो । उनी यसअघि संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुख तथा प्रवक्ता रहेका थिए । सचिव घिमिरेले गत मंसिर २८ गते राजीनामा दिएपछि सचिव पद खाली रहेको थियो । नेतृत्व मूल्याङ्क तथा कार्यसम्पादन मुल्याङ्कनबाट तथा लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा बढुवा सिफारिस समितिको बैठकको सिफारिसमा सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।
सचिव पाण्डे २०६७ चैतमा उपसचिवमा नाम निकालेर सेवा प्रवेश गरेका थिए भने २०७३ साल वैशाख २१ देखि संसद् सेवामा प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण