शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

क्रिकेटमा ‘फिक्सिङ’ भएको आशङ्कामा सिआईबीले थाल्यो अनुसन्धान

बुधबार, २० पुस २०७९, २१ : ५२
बुधबार, २० पुस २०७९

काठमाडौँ । नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा म्याच फिक्सिङ भएको आशङ्कामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान थालेको छ । फिक्सिङ भएको सूचनाको आधारमा अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एआईजी उत्तमराज सुवेदीले रातोपाटीलाई बताए ।

नेपाल टी–ट्वान्टी लिगका कमेन्टेटर सचिन तिमिल्सेनाले क्रिकेटमा फिक्सिङ भएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा भिडियो पोष्ट  गरेर उनले भनेका छन्–‘लिगमा हुने फिक्सिङले नतिजामा असर नपर्ने भए पनि खेलको बीचमा हुने क्रियाकलापमा असर पर्ने गरी फिक्सिङ भइरहेको छ ।’

त्रिवि खेल मैदानमा जारी नेपाल टी–२० लिगमा खेलाडीहरूले पारिश्रमिक पनि नपाएको गुनासो गरेका छन् । उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले फिक्सिङबारे अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका थिए । टी–ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन सेभेन–३ स्पोर्टले लिएको छ । सो कम्पनीका सञ्चालक जितेन अग्रवाल हुन् । केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी सञ्जय सिंह थापाले अनुसन्धानको नेतृत्व गरेका छन् । फिक्सिङ पुष्टि भएको अवस्था नभएको र प्रमाण सङ्कलन गर्ने काम भइरहेको एआईजी सुवेदीले रातोपाटीलाई जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप