राहदानी विभागका विचौलियालाई कारबाही गर्न नेविसंघको माग
बुधबार, २० पुस २०७९, १६ : ००
काठमाडौँ । विपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राहदानी विभागका विचौलियालाई तत्काल कारबाही गर्न माग गरेको छ। अध्यक्ष दुजाङ शेर्पाले बुधबार विज्ञप्ति प्रकाशित गरी पुस १७ गतेदेखि सिस्टममा आएको समस्या देखाउँदै पासपार्ट वितरण रोकिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
नेविसंघले शंकास्पद ढंगले सम्वन्धित विभागका कर्मचारीहरुद्वारा सिस्टम अवरुद्ध पारिएको र यसको मुख्य कारण गृह मन्त्रालयको नीति बिनाको ठाडो निर्देशन रहेको भन्ने समाचारहरुले थप जटिलता उत्पन्न भएको बताएको छ।
विगत लामो समय देखि राहदानी वितरण र आवेदनको निमित्त भरिने अनलाइन फाराममा दलाली गरिएको र विचौलियाहरु हावी हुँदै गएको गुनासो आइरहेकोले यस्ता गतिविधि पूर्ण रुपमा नियन्त्रण गरी सहज ढंगबाट नागरिकलाई सेवा प्रदान गर्न नेविसंघले सम्बन्धित निकायलाई आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण