सौर्यमण्डल बाहिर थप २३५ नयाँ ग्रहहरू फेला
न्युयोर्क । अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार सन् २०२२ को अन्त्यमा खगोलविद्हरूले हाम्रो सौर्यमण्डल बाहिर थप २०० भन्दा बढी नयाँ ग्रहहरू फेला पारेका छन् । योसँगै एक्सोप्लानेट्सको संख्या ५२३५ एक्सोप्लानेट्स पुगेको छ ।
‘हामीले पुष्टि भएका ५ हजारभन्दा कम एक्सोप्लानेटहरूबाट वर्ष सुरु गर्यौं । नयाँ वर्षले के ल्याउनेछ ? थप ग्रहहरू !’ नासाले ट्वीट गरेको छ । सौर्यमन्डलबाहिरका ग्रहलाई एक्सोप्लानेट्स भनिन्छ । करिब ४ प्रतिशत एक्सोप्लानेट्स पृथ्वी वा मंगल ग्रहहरू जस्तै चट्टानी रहेका बताइन्छ ।
नासाका अनुसार जेम्स वेब स्पेस टेलिस्कोपको प्रक्षेपणले थप एक्सोप्लानेट्स पत्ता लगाउन खोजलाई मद्दत गरेको छ । अन्तरिक्षमा पठाइएको सबैभन्दा शक्तिशाली प्रयोगशालाले हबल टेलिस्कोपलाई सफल बनाएको थियो । यो टेलिस्कोप अझै सञ्चालनमा छ । जुलाईमा यसको पहिलो ब्रह्माण्डको तस्बिर प्रसारण गर्न थालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण