लोसपाले संसदीय दलको नेता चयन गर्दै
बिहीबार, २१ पुस २०७९, १५ : ००
काठमाडौं । लोकतान्त्रिक समाजादी पार्टी(लोसपा) मधेश प्रदेशले दलको नेता चयनका लागि शुक्रबा। संसदीय दलको बैठक बोलाएको छ । लोसपाको प्रदेश सभामा नौजना प्रदेश सभा सदस्य छन् । संसदीय दलको बैठकबाट नेता चयन गर्ने तयारी भइरहेको हो । सो पार्टीका एक नेताले भने, ‘बैठकबाट नै सर्वसम्मतीले नेता चयन गर्नेछौं, त्यहाँ सहमति भएन भने मात्र निर्वाचन प्रकृयामा जान्छौं ।’
अहिलेसम्म लोसपाका कार्यकारिणी सदस्य एवं प्रदेश सभा सदस्य जितेन्द्र सोनलका लागि सहमति हुने सम्भावना छ । यसअघि पनि उनी नै संसदीय दलका नेता थिए । यसपटक पनि उनी नै नेता हुने बताइएको छ । अहिलेसम्म नेता सोनलबाहेक अरु कसैले पनि आफू संसदीय दलको नेता हुने दावी नगरेको पार्टी स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण