शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
लघुकथा

लघुकथा : अल्लाहको ईसारा

शनिबार, २३ पुस २०७९, ०६ : ४६
शनिबार, २३ पुस २०७९

“हमिज, हेर त मेरो बुबाको फोटो पठाएका रहेछन् ।” दिनभरको कामबाट थकित हामीहरुले मेरो मोबाइलमा फोटो हेर्‍यौँ । भाषा, धर्म र संस्कृति नमिल्ने नेपालको म र अफ्गानिस्तानको हमिज असाध्यै मिल्ने साथी भएका छौँ । सायद हिमालय पर्वत श्रेणीले जोडेकोले पो हो कि ? 

खाडीको यो गर्मीबाट म त एकदिन फर्कौला तर हमिज फर्किर्दैन होला अब । फोटो देख्ने बित्तिकै उसले जोडले अल्लाहको नाम लियो । अमेरिकी बमबारीबाट मारिएको उसको बाबुलाई त उसले सम्झेन होला । किनभने ऊ पाकिस्तानको शरणार्थी शिविरमा जन्मिदा उसको बाबु मरेको तीन महिना भइसकेको थियो । 

उसले मेरो हात हेर्‍यो । हातमा तातो फलाम तान्दा पोलेको दाग थियो । मेरो अनुहारमा हेर्दै भन्यो, “तिमीहरू अल्लाहको ईसारालाई बुझ्दैनौ है ।” 

म प्रश्नवाचक चिन्हले उसको अनुहारमा हेरेँ । “यस्तो मीठो फल फल्ने ठाउँबाट यो मरुभूमिमा आउने हो त ?” उसले थप्यो । 

भत्कन लागेको घर देखेर परदेशीको मन बिग्रेला भनेर होला, श्रीमतीले दैलामुनिको सुन्तलाको बोटसँगै राखेर बुबाको फोटो खिचेकी रहिछन् । 

आहा सुन्तला राम्रो फल्न थालेछ । घर पछाडि पनि सुन्तला नै लगाउनुपर्ने रहेछ । अझ खरबारी त बाँझै छ ।

पोखरा–७ मासबार, कास्की 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप