लघुकथा : अल्लाहको ईसारा
“हमिज, हेर त मेरो बुबाको फोटो पठाएका रहेछन् ।” दिनभरको कामबाट थकित हामीहरुले मेरो मोबाइलमा फोटो हेर्यौँ । भाषा, धर्म र संस्कृति नमिल्ने नेपालको म र अफ्गानिस्तानको हमिज असाध्यै मिल्ने साथी भएका छौँ । सायद हिमालय पर्वत श्रेणीले जोडेकोले पो हो कि ?
खाडीको यो गर्मीबाट म त एकदिन फर्कौला तर हमिज फर्किर्दैन होला अब । फोटो देख्ने बित्तिकै उसले जोडले अल्लाहको नाम लियो । अमेरिकी बमबारीबाट मारिएको उसको बाबुलाई त उसले सम्झेन होला । किनभने ऊ पाकिस्तानको शरणार्थी शिविरमा जन्मिदा उसको बाबु मरेको तीन महिना भइसकेको थियो ।
उसले मेरो हात हेर्यो । हातमा तातो फलाम तान्दा पोलेको दाग थियो । मेरो अनुहारमा हेर्दै भन्यो, “तिमीहरू अल्लाहको ईसारालाई बुझ्दैनौ है ।”
म प्रश्नवाचक चिन्हले उसको अनुहारमा हेरेँ । “यस्तो मीठो फल फल्ने ठाउँबाट यो मरुभूमिमा आउने हो त ?” उसले थप्यो ।
भत्कन लागेको घर देखेर परदेशीको मन बिग्रेला भनेर होला, श्रीमतीले दैलामुनिको सुन्तलाको बोटसँगै राखेर बुबाको फोटो खिचेकी रहिछन् ।
आहा सुन्तला राम्रो फल्न थालेछ । घर पछाडि पनि सुन्तला नै लगाउनुपर्ने रहेछ । अझ खरबारी त बाँझै छ ।
पोखरा–७ मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण