शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पाँच महिनामा १ करोड ८२ लाखको च्याउ निर्यात

शनिबार, २३ पुस २०७९, १३ : ०२
शनिबार, २३ पुस २०७९

चालू आर्थिक वर्ष २०७९-८० को ५ महिनाको अवधिमा नेपालबाट १ करोड ८२ लाख रुपैयाँको च्याउ निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्य बराबरको च्याउ निर्यात भएको हो ।

नेपालबाट फ्रान्स र संयुक्त अरब इमिरेट्स (यूएई)मा च्याउ निर्यात हुने गरेको छ । विभागका अनुसार फ्रान्समा १ करोड ८२ लाख २२ हजार रुपैयाँको च्याउ निर्यात भएको छ । यस्तै, यूएईतर्फ १३ हजार रुपैयाँको च्याउ निर्यात भएको विभागले जनाएको छ । तथ्यांकअनुसार फ्रान्समा ७७९ किलो र यूएईमा १३० किलो च्याउ निर्यात भएको छ ।

यसबाहेक, यस अवधिमा २४ लाख ६३ हजार रुपैयाँको फलफूल तथा क्याप्सिकम निर्यात भएको छ । यस्तै, ५० लाख ७२ हजार रुपैयाँ बराबरको फ्रेस तरकारी समेत निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप