पाँच महिनामा १ करोड ८२ लाखको च्याउ निर्यात
शनिबार, २३ पुस २०७९, १३ : ०२
चालू आर्थिक वर्ष २०७९-८० को ५ महिनाको अवधिमा नेपालबाट १ करोड ८२ लाख रुपैयाँको च्याउ निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्य बराबरको च्याउ निर्यात भएको हो ।
नेपालबाट फ्रान्स र संयुक्त अरब इमिरेट्स (यूएई)मा च्याउ निर्यात हुने गरेको छ । विभागका अनुसार फ्रान्समा १ करोड ८२ लाख २२ हजार रुपैयाँको च्याउ निर्यात भएको छ । यस्तै, यूएईतर्फ १३ हजार रुपैयाँको च्याउ निर्यात भएको विभागले जनाएको छ । तथ्यांकअनुसार फ्रान्समा ७७९ किलो र यूएईमा १३० किलो च्याउ निर्यात भएको छ ।
यसबाहेक, यस अवधिमा २४ लाख ६३ हजार रुपैयाँको फलफूल तथा क्याप्सिकम निर्यात भएको छ । यस्तै, ५० लाख ७२ हजार रुपैयाँ बराबरको फ्रेस तरकारी समेत निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण