शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

लोसपा कार्यकारिणी समितिको बैठक बस्दै

शनिबार, २३ पुस २०७९, १३ : २८
शनिबार, २३ पुस २०७९

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले कार्यकारिणी समितिको बैठक बोलाएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बस्ने कार्यकारिणी समितिको बैठक चुनावपछिको पहिलो बैठक हो । बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था, चुनावी समीक्षा, संगठन निर्माणलगायतका विषयमा छलफल हुने बताइएको छ । लोसपाले हालसम्म माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छैन ।

न्युनतम साझा कार्यक्रम हेरेर मात्र समर्थन गर्ने कि विपक्षमा बस्ने निर्णय गर्ने सो पार्टीले बताउँदै आएको छ । सरकारको विषयमा पनि कार्यकारिणी समितिको बैठकले निर्णय गर्ने प्रतिनिधिसभाका सदस्य एवं पार्टीका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले बताए । 
‘चुनावपछिको यो पहिलो बैठक हो, बैठकमा चुनावको समीक्षा पनि हुन्छ, संगठन निर्माणका थुप्रै कामहरु बाँकी छन् त्यसका विषयमा पनि छलफल हुन्छ’ उनले भने । 


शुक्लाले भने– ‘बैठकले के निर्णय गर्छ वा गर्दैन त्यो अहिले थाहा भएन तर मेरो विचारमा सरकारको बारेमा लोसपाले तत्कालै निर्णय लिनुहुँदैन, राजनीति परस्थिति हेरेर विश्वासको मत लिनुभन्दा एकदिन पहिले निर्णय लिँदा राम्रो ।’ मुलुकको पछिल्लो राजनीतिक परिस्थिति निकै उतार चढावपूर्ण देखिएको बताउँदै उनले लोसपाले सावधानीपूर्वक निर्णय लिनुपर्ने बताए । 

लोसपाले जहिले पनि आफ्नो माग र मुद्दालाई प्राथमिकता राखेर निर्णय गरेको बताउँदै शुक्लाले वर्तमान सरकारले पनि आफूहरुको माग र मुद्दाको विषयमा धारणा स्पष्ट गरेपछि मात्र सरकारमा जाने–नजाने बारेमा निर्णय लिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप