बाबियाचौरमा पुग्यो विद्युत्
सुर्खेत । सुर्खेतको पश्चिम क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको सफल परीक्षण गरिएको छ । प्राधिकरणको वितरण केन्द्र सुर्खेतका अनुसार कैलालीको सोल्टादेखि सुर्खेतको पञ्चपुरी नगरपालिका बावियाचौरसम्म ३३ केभिए क्षमताको प्रसारण लाइनको परीक्षण गरिएको हो ।
पश्चिमको बाबियाचौरसम्म केन्द्रीय प्रसारण लाइनको पोल गाड्ने, तार जोड्ने, स्टेक राख्ने, ट्रान्सफर्मर जडानलगायतका तयारी पूरा भएपछि गरिएको परीक्षण सफल भएको केन्द्रका प्रमुख युवराज रावतले जानकारी दिए ।
प्राधिकरणले पञ्चपुरी नगरपालिका वडा नं १०, ११ र बाबियाचौरका लागि चार ठाउँमा ३३–३३ केभिएको ट्रान्सफर्मर जडान गरेको छ । रावतका अनुसार भेरीपुलमा राखेको ट्रान्सफर्मरबाट वडा नं १० का करिब दुई सय ५० घरमा विद्युत् प्रवाह हुने अपेक्षा गरिएको छ ।
यसैगरी वडा नं ११ मा रहेको ट्रान्सफर्मरबाट पनि करिब दुई सय घरधुरीमा विद्युत् प्रवाह हुनेछ । उक्त क्षेत्रमा पहिले जडान भएका पोल र तारबाट विद्युत् विस्तारको काम भइरहेकोे छ भने पोल, तार नपुगेका ठाउँमा नयाँ थप्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।
विद्युत् परीक्षणका क्रममा विद्युतीय दुर्घटना हुनसक्ने भएकाले सचेत रहन केन्द्रले आग्रह गरेको छ । कैलालीको सोल्टाबाट सुर्खेत पश्चिमको बाबियाचौरसम्म नियमित विद्युत् प्रवाह हुने भएकाले सो क्षेत्रका पोल, तार, स्टेक, ट्रान्सफर्मरलगायत विद्युतीय संरचनामा नजिक नजान, नछुन र बालबालिका तथा पशुचौपायालाई जथाभावी नछाड्न पनि प्राधिकरणले आग्रह गरेको छ ।
प्रसारण लाइनको सफल परीक्षण भए पनि बत्ती बाल्न भने अझै केही दिन लाग्ने प्राधिकरणको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयूको ३१औँ दीक्षान्तमा १५०० विद्यार्थी दीक्षित, दुई विद्यार्थीलाई स्वर्णपदक
-
दीपक भट्ट र प्रदीप अधिकारीलाई डिल्लीबजार कारागारबाट सारियो
-
लागुऔषध कारोगारका स्कारपिओ प्रयोग : चार जना पक्राउ
-
अन्डरडग घानासँग हेभिवेट कोलम्बियाको भिडन्त
-
पहिरोले अवरुद्ध भएका तीन मुख्य राजमार्ग सञ्चालन
-
आङ्देम्बेले प्रधानमन्त्रीलाई चिन्दिनँ भनेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण