शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेसपाकाे राजनीतिक समिति बैठक बस्दै, पार्टी एकताको पहल गर्न वार्ता टोली बनाइने

आइतबार, २४ पुस २०७९, ०७ : ५२
आइतबार, २४ पुस २०७९

काठमाडौँ । नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक आज बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय तीनकुनेमा बिहान ११ बजेदेखि बैठक सुरु हुने सो पार्टीले जानकारी दिएको छ ।

बैठकमा पार्टी एकता लगायत विषयमा मुख्य रूपमा छलफल हुने बताइएको छ । समाजवादी धारको नेतृत्व गर्ने गरी विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने विषयमा बैठकमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए । साथै संवादको लागि संवाद समिति पनि गठन नेसपाले गठन गर्ने गर्नेछ ।  

समाजवादी ध्रुवीकरणको विषय, पार्टीको सङ्गठन सुदृढीकरण, पार्टीका विभिन्न तहका सम्मेलनको विषय, चुनावको समीक्षा, समसामयिक राजनीतिक विषय , आगामी रणनीति लगायत एजेन्डाहरूमाथि पनि बैठकमा छलफल हुने पाण्डेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप