आईएमई पे र डेली ग्रोसरीबीच छुट दिने सम्झौता
काठमाडौँ । आईएमई पे र डेली ग्रोसरी सुपर मार्केटबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार ग्राहकहरूले हरेक दिन आईएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा किराना सामानहरू खरिद गर्दा १० प्रतिशत छुट (एक पटकमा अधिकतम २०० सम्म) प्राप्त गर्न सक्ने छन् ।
यो अफर आईएमई पेको फिजिकल भिसा कार्डमार्फत पोस भुक्तानी गर्दा मात्र प्राप्त गर्न सक्ने सर्त कम्पनीले खुलाएको छ । ग्राहकहरूले यस अफर अवधिभरि काठमाडौँ उपत्यकाको २४ वटा डेली ग्रोसरीको आउटलेटहरुमा यो अफरको साथै निःशुल्क आईएमई पेको भिसा कार्ड लिन पनि सक्ने बताइएको छ ।
नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आईएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवाप्रदायक हो । ‘आईएमई पे’ आईएमई ग्रुप डिजिटल वित्तिय सेवाप्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानीतथा फर्छ्यौट्ट विनियमावली – २०७२ बमोजिम आईएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदानगर्ने पहिलो कम्पनी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढकमक्क फुलेका गुलमोहरमा लोभिए पर्यटक
-
चार वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
प्रतिनिधि सभा बैठक : यस्तो छ आजको कार्यसूची ?
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?
-
म्यान्सिटीलाई हराउँदै क्रिष्टल प्यालेसले उचाल्यो एफए कपको ट्रफी, ग्वार्डिवला स्तब्ध
-
तरुण दल अधिवेशन : खुकुरी प्रहारबाट को-को भए घाइते ?