आईएमई पे र डेली ग्रोसरीबीच छुट दिने सम्झौता
काठमाडौँ । आईएमई पे र डेली ग्रोसरी सुपर मार्केटबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार ग्राहकहरूले हरेक दिन आईएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा किराना सामानहरू खरिद गर्दा १० प्रतिशत छुट (एक पटकमा अधिकतम २०० सम्म) प्राप्त गर्न सक्ने छन् ।
यो अफर आईएमई पेको फिजिकल भिसा कार्डमार्फत पोस भुक्तानी गर्दा मात्र प्राप्त गर्न सक्ने सर्त कम्पनीले खुलाएको छ । ग्राहकहरूले यस अफर अवधिभरि काठमाडौँ उपत्यकाको २४ वटा डेली ग्रोसरीको आउटलेटहरुमा यो अफरको साथै निःशुल्क आईएमई पेको भिसा कार्ड लिन पनि सक्ने बताइएको छ ।
नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आईएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवाप्रदायक हो । ‘आईएमई पे’ आईएमई ग्रुप डिजिटल वित्तिय सेवाप्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानीतथा फर्छ्यौट्ट विनियमावली – २०७२ बमोजिम आईएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदानगर्ने पहिलो कम्पनी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण