शंखरापुरको आन्दोलनमा बृहत् नागरिक आन्दोलनको ऐक्यबद्धता
काठमाडौँ । शंखरापुर नगरपालिका वडा नं ३ बोझेनीमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको विद्युतीय सबस्टेसनले विकासका नाममा जनताको थातथलो र आदिभूमि अतिक्रमण गरेको विरोधमा स्थानीय जनताले गरिरहेको आन्दोलनप्रति बृहत् नागरिक आन्दोलनले ऐक्यबद्धता जनाएको छ । विकासले प्रभाव पार्ने जनतासँग गरिनुपर्ने न्यूनतम सहमति र सहकार्यलाई कुल्चेर विकासका नाममा जनतालाई उठिबास लगाउने, कुनै पनि बस्ती, समुदाय वा स्थानको ऐतिहासिकतालाई नै ध्वस्त गर्ने कार्य स्वीकार्य नभएको आन्दोलनले जनाएको हो ।
आन्दोलनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विकास र समृद्धिको नाममा जनताको मागलाई बेवास्ता गर्दै राज्यले बलमिच्याइँ गरेर प्रहरी दमन गर्ने क्रियाकलापलाई बृहत् नागरिक आन्दोलनले भर्त्सना गर्छ । लोकतन्त्रको आधारभूत मूल्यमान्ता विपरीत सरकार हप्तौँसम्म जनताको मुद्दालाई बेवास्ता गरिरहनु खेदजनक छ । सुरक्षा निकायबाट महिला, ज्येष्ठ नागरिक, बालबालिकासमेतलाई हातपात गर्नेजस्ता क्रियाकलापको छानबिन गरी कारबाहीको दायरामा ल्याउनु पर्ने बृहत् नागरिक आन्दोलनले मागसमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण