शंखरापुरको आन्दोलनमा बृहत् नागरिक आन्दोलनको ऐक्यबद्धता

काठमाडौँ । शंखरापुर नगरपालिका वडा नं ३ बोझेनीमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको विद्युतीय सबस्टेसनले विकासका नाममा जनताको थातथलो र आदिभूमि अतिक्रमण गरेको विरोधमा स्थानीय जनताले गरिरहेको आन्दोलनप्रति बृहत् नागरिक आन्दोलनले ऐक्यबद्धता जनाएको छ । विकासले प्रभाव पार्ने जनतासँग गरिनुपर्ने न्यूनतम सहमति र सहकार्यलाई कुल्चेर विकासका नाममा जनतालाई उठिबास लगाउने, कुनै पनि बस्ती, समुदाय वा स्थानको ऐतिहासिकतालाई नै ध्वस्त गर्ने कार्य स्वीकार्य नभएको आन्दोलनले जनाएको हो ।
आन्दोलनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विकास र समृद्धिको नाममा जनताको मागलाई बेवास्ता गर्दै राज्यले बलमिच्याइँ गरेर प्रहरी दमन गर्ने क्रियाकलापलाई बृहत् नागरिक आन्दोलनले भर्त्सना गर्छ । लोकतन्त्रको आधारभूत मूल्यमान्ता विपरीत सरकार हप्तौँसम्म जनताको मुद्दालाई बेवास्ता गरिरहनु खेदजनक छ । सुरक्षा निकायबाट महिला, ज्येष्ठ नागरिक, बालबालिकासमेतलाई हातपात गर्नेजस्ता क्रियाकलापको छानबिन गरी कारबाहीको दायरामा ल्याउनु पर्ने बृहत् नागरिक आन्दोलनले मागसमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रिन लाइनका सञ्चालक अमित अग्रवालले कसलाई तिनुपर्ने थियो डेढ करोड ?
-
उमागौरी सहकारी ठगी प्रकरण : ऋषिकेश पत्नी जोडिएको मुद्दाको पेशी स्थगित
-
कुष्ठरोगको उपचारका लागि आवश्यक जनशक्ति छैन : निर्देशक झा
-
न्युजिल्यान्डमा अझै पनि मानिसभन्दा भेडा बढी
-
महालक्ष्मी विकास बैंकद्वारा स्क्यान टु क्यास सेवा सुरु
-
लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त पारेको भारतको दाबी