लुम्बिनी नेपाल टी–ट्वान्टी लिगको फाइनलमा
काठमाडौँ । लुम्बिनी अल स्टार पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई ६ रनले हराउँदै लुम्बिनी फाइनलमा पुगेको हो । त्रिवि मैदानमा लुम्बिनीले दिएको १४४ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन बनायो ।
जनकपुरका लागि शमिउल्लाह शिनवारीले सर्वाधिक ४५ रन बनाउँदा पवन सर्राफ ३० रन बनाए । लुम्बिनीका लागि विपुल शर्मा, दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान २÷२ लिए । त्यस्तै श्याड्ली भानले १ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाएको थियो । लुम्बिनीका लागि ईशान पाण्डेले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै अनिल शाहले २४ रन बनाउँदा विपुल शर्माले २० रनको योगदान गरे ।
जनकपुरका लागि जितेन्द्र मुखिया,असन प्रियरन्जन र सोमपाल कामीले समान २÷२ तथा पवन सराफ र ट्राभोन ग्रिफिथले समान १÷१ विकेट लिए । जनकपुरले अब दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ । सोमबार हुने इलिमिनेटरमा काठमाडौं नाईट्स र विराटनगर सुपर किंग्स खेल्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण