प्रदेश १ : आलोपालोबारे लिखित सहमति नभए माओवादी सरकारमा सहभागी नहुने
विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ सरकारमा तत्काल सहभागी नहुने भएको छ । केन्द्रमा भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र सरकारमा तत्काल सहभागी नहुने भएको हो ।
माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रको निर्णयले प्रदेश १ को सिङ्गो माओवादी पार्टीको अपमान भएको बताए । ‘माथिको निर्णयले माओवादी प्रदेश १ को अपमान भएको छ,’ उनले भने, ‘आलोपालोबारे लिखित सहमति नभएसम्म हामी सरकारमा सहभागी हुँदैनौँ ।’
सरकारलाई दिएको समर्थन भने यथावत् रहने माओवादीले जनाएको छ । माओवादी केन्द्रले एमालेसँग आधा आधा कार्यकाल हुनुपर्ने बताउँदै आएको छ । आइतबार साँझ सत्तारुढ दलहरूको बैठकले प्रदेशको भागबण्डा गरेको थियो । उक्त भागबण्डामा प्रदेश १ मा माओवादीले सभामुख मात्रै पाएको छ भने मुख्यमन्त्री आलोपालो गर्ने विषय उल्लेख छैन ।
एमालेका तर्फबाट हिजै प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भइसकेका छन् । कार्कीलाई आज दिउँसो २ बजे शपथग्रहण गराउने कार्यक्रम छ । कार्कीको शपथ लगत्तै सानो आकारको मन्त्रीमण्डल आजै विस्तार गर्ने तयारी थियो । यद्यपि माओवादी केन्द्र तत्काल सरकारमा नजाने भए पनि यहाँ तरङ्ग उत्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण